Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०६४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९३२१ मे.वा. घन्टा
  • भारत : १०८२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१०४५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सिक्टा भ्रष्टाचारका आरोपित बस्नेत फरार, अदालतले ३० दिने सूचना निकाल्दै

ऊर्जा खबर जेठ १, २०७६   2916

जलस्रोत



काठमाडौं– राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचारको आरोप लागेका पूर्वआयोजना प्रमुख रमेश बस्नेत फरार भएका छन् । विशेष अदालत बबरमहलले तारिखका लागि पटक–पटक पत्राचार गरे पनि फिर्ता आएपछि उनी फरार भएको पुष्टि गरिएको हो ।

अदालतले शुक्रबार (जेठ १७ गते) फरार बस्नेतलाई हाजिर हुन आउने भन्ने बेहोराको ३० दिने सूचना निकाल्ने निर्णय गरेको छ । एक–दुई दिनमै सूचना निकालिने विशेष अदालतले जानकारी दिएको छ ।

ad

अदालतले तोकेको समयभित्र उपस्थित नभए उनी स्वतः भ्रष्टाचारी ठहर हुनेछन् । सिक्टामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते २१ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले २१ जनाबाट करिब ८ अर्ब ५२ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । यसमध्ये बस्नेतबाट झन्डै २ अर्ब १४ करोड रुपैयाँ असुलउपर गर्नुपर्ने अख्तियारको ठहर छ । बस्नेतकै कारण अन्य आरोपित कर्मचारीको समेत सुनुवाई हुन सकेको छैन । उनीहरू आरोप खेपेर बस्न बाध्य भएका छन् ।

‘लामो समयसम्म सुनुवाई नहुँदा वा निर्णय नहुँदा कर्मचारीको पेशावत जीवनमा नकारात्मक असर पर्दै गएको छ,’ एक कर्मचारीले भने, ‘बस्नेतकै कारण कसैको सुनुवाई भएको छैन । हामी मानसिक तनाबमा छौं ।’

सिक्टाको निर्माणाधीन ४५ किलोमिटर पूर्वी नहरको केही भाग सञ्चालनमा नआउँदै दुई पटकसम्म भत्केको थियो । कमजोर भौगोलिक अवस्थाका कारण नहरमा समस्या देखिए पनि यहाँ ठूलो आर्थिक अनियमितता भएको अख्तियारको ठहर छ ।

६ महिनासम्म मुद्दाको सुनुवाई नहुनु र कर्मचारी तनाबमा रहनुले आयोजना निर्माणलाई अझ अन्योल बनाएको छ । अख्तियारले मुद्दा दायर गरेदेखि सिक्टामा कुनै पनि काम भएको छैन । कोही कर्मचारीले जोखिम लिएर काम गर्ने आँट गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="