Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९२१२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६०१५ मे.वा. घन्टा
  • भारत : १०९७८ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २६२०५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सिंगटी आयोजनाको मुख्य सुरुङ पूरा, प्रसारण लाइन नबन्दा विद्युत खेर जाँदै

ऊर्जा खबर बैशाख २७, २०७६   2329

खबर



काठमाडौं– दोलखाको सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । आयोजनाको ५.६७ किलोमिटर (अडिट बाहेक) लामाे सुरुङ पूरा भएको हो ।

बिहीबार साँझ दोस्रो खण्ड छेडिए पछि मुख्य सुरुङ वारपार भएको सिंगटी हाइड्रो इनर्जी कम्पनीका सञ्चालक बटु लामिछानेले बताए । उनका अनुसार सुरुङको ढलानको काम पनि भइरहेको छ ।

‘पहिलो खण्ड पूरा गरेर ढलानको काम सुरु गरेका थियौं,’ उनले भने,‘६० प्रतिशत ढलान सकिएको छ ।’ आगामी साउनदेखि विद्युत उत्पादन गर्ने गरी आयोजनाको निर्माण गति तिव्र पारिएको उनले बताए ।

आयोजनाको बाँध क्षेत्रको संरचना निर्माणको काम पूरा भइसकेको छ । विद्युतगृहमा ७० प्रतिशत काम सकिएको उनले बताए । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान सुरु भएको छ ।

लक्ष्य अनुसार साउन १ गतेदेखि विद्युत उत्पादन हुने भए पनि १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन तयार नहुँदा विद्युत खेर जाने चिन्ता बढेको लामिछानेले बताए । ‘सिंगटी लक्ष्य अनुसार विद्युत उत्पादन गर्ने गतिमा निर्माणाधीन छ,’उनले भने,‘ तर, प्रसारण लाइन निर्माण सुस्त हुँदा विद्युत खेर जाने आएकाे छ ।’

सरकारले प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई दिएको सिंगटीको उत्पादन सुरु हुने दिनभित्र प्रसारण लाइन तयार नभए नेपाल विद्युत प्राधिकरणले ४५ प्रतिशत हर्जना तिर्नुपर्ने प्रावधान छ । अबको २ महिनामा प्रसारण लाइन तयार नभए प्राधिकरणले सिंगटीलाई हर्जना तिर्नुपर्नेछ ।

७ वर्षअघि निर्माण सुरु भएको १३२ केभी प्रसारण लाइन आयोजनाको आधा काम अझै बाँकी छ । ४० किलोमिटर लामो प्रसारण लाइनको १ सय २५ मध्ये १ सय १३ वटा टावरको जग खन्ने काम मात्रै पूरा भएको छ । १२ वटाको जग हाल्न बाँकी छ । ५० वटा टावर ठड्याइएको छ ।

ठेकेदारले काम नगर्दा प्रसारण लाइनभन्दा अघि सिंगटीले विद्युत उत्पादन सुरु हुने कम्पनीकाे दाबी छ । गत माघभित्र प्रसारण लाइन सम्पन्न गर्ने दाबी गरे पनि निर्माण सामाग्री आयोजना स्थल पुर्याउन नसक्दा कामले गति लिन नसकेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="