Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सिंगटी हाइड्रो इनर्जीले मंसिरभित्र स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै

ऊर्जा खबर भदौ १, २०७६   1458

सेयर



काठमाडौं- सिंगटी हाइड्रो इनर्जी कम्पनीले आगामी मंसिरभित्र साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित ४३ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी भइरहेको कम्पनीका महाप्रबन्धक रमेश अधिकारीले बताए । उनका अनुसार विद्युत नियमन आयोगको स्वीकृतिपछि नेपाल धितोपत्र बोर्डको अनुमति लिन आवेदन दिइनेछ ।

ad

आयोगले बिहीबार स्वीकृति दिने सम्भावना रहेको उनले बताए । ‘आयोगको बैठकले सेयर निष्कासनको प्रस्ताव स्वीकृत गर्दैछ भन्ने सुनेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘ आयोगकाे स्वीकृतिपछि बोर्डमा आवेदन दिन सबै आवश्यक कागजात तयारी अवस्थामा राखेका छौं ।’

आवश्यक कागजात पुगेको अवस्थामा १ महिनामा बोर्डको अनुमति आउने पनि उनले बताए । कम्पनीले सेयर निष्कासनका सम्बन्धमा स्थानीय गाउँपालिकाका प्रतिनिधिसँग छलफल गरेको छ ।

बोर्डमा आवेदन दिनु अघि नै प्रभावितहरुको बर्गिकरण गरेको विवरण बुझाउन गाउँपालिकाका प्रतिनिधिसँग कम्पनीले आग्रह गरेको छ । जिल्लाको कालिन्चोक र बिगु गाउँपालिका आयोजनाबाट प्रभावित क्षेत्रमा पर्दछन् ।

निष्कासन हुने साधारण सेयर स्वपुँजी लगानीको ३० प्रतिशत हो । कूल सेयरमध्ये १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । यो स्वपुँजी लगानीको १० प्रतिशत स्वामित्व हो ।

यस्तै, सर्वसाधारणका लागि २० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर निष्कासन हुनेछ । पहिलो चरणमा स्थानीयका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बाँडफाँड गर्न मेगा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले निर्माण गरिरहेको सिंगटी जलविद्युत आयोजनाको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । आयोजनाबाट आगामी कात्तिकदेखि विद्युत उत्पादन गर्ने तालिका छन् । भदौबाट नै उत्पादन गर्ने भनिए पनि बर्खामा निर्माण प्रभावित भएकाले कात्तिकमा सरेको हो ।

प्रतिक्रिया दिनुहोस