Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बाढी पहिरोले असर गरे पनि सिंगटीबाट तोकिएको समयमै विद्युत उत्पादन हुने

ऊर्जा खबर असोज १३, २०७६   1607

जलविद्युत



काठमाडौं— भदौ अन्तिम र असोजको पहिलो सातासम्म निरन्तर परेको पानी र त्यसपछि गएको पहिरोका कारण २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाले करोडौं क्षति बेहोर्नु परेको छ । वर्षाका कारण पहिरो जाँदा विद्युतगृह माथिको भाग, आउटलेट र सिंगटी बजार क्षेत्रमा असर गरेको छ ।

खोलाको बगरमा बसेको बस्ती भएका कारण माथिबाट खसेको पहिरोले बजारमा समेत क्षति पुर्याएको छ । पहिरो पन्छाउन सिंगटी हाइड्रो इनर्जी लिमिटेडले कालिन्चोक गाउँपालिकालाई ४० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएकाे छ ।

ad

पहिरोले विभिन्न ठाउँमा बाटो अवरुद्ध भएकाले त्यो पन्छाउँदै काम सुरु गरिएको छ । वर्षा, बाढी र पहिरोले असर गरे पनि तोकिएको समयभित्रै विद्युत उत्पादन गर्न सकिने कम्पनीका अध्यक्ष बटु लामिछानेले बताए । ‘पहिरो गएको र भत्केको ठाउँ पुरानै अवस्थामा फर्काउन केही लागत थपिने भएको छ, समय पनि लम्बिने देखिन्छ,’ उनले भने, ‘तर, हामी समयभित्रै विद्युत उत्पादन गर्न प्रतिबद्ध छौं ।’

उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडेर चालू आर्थिक वर्षभित्रै सेयरधनी तथा लगानीकर्तालाई ६ देखि १० प्रतिशतसम्म लाभांश दिने कम्पनीको योजना छ । ४ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट आगामी कात्तिकभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

वर्षा रोकिएपछि तीन सिफ्टमा काम लगाएर भए पनि उक्त मितिभित्र आयोजना पूरा गर्न तयार रहेको पनि लामिछानेले बताए । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनमा जोडेर सिंगट–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट काठमाडौं ल्याइनेछ ।

आयोजनाबाट विद्युत उत्पादन हुँदासम्म प्राधिकरणले प्रसारण लाइन तयार गर्न नसक्ने कम्पनीले दाबी गरेको छ । तर, प्राधिकरणले त्यतिबेलासम्म प्रसारण लाइन तयार भइसक्ने बताउँदै आएको छ । विद्युत उत्पादन हुँदासम्म प्राधिकरणले प्रसारण लाइन तयार नगरेर प्रवर्द्धकलाई विद्युत उत्पादनबाट हुने वार्षिक आम्दानीको ४५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्छ ।

कम्पनी आगामी मंसिरभित्र स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने योजनामा छ । आयोजनामा लगानी गर्न स्थानीयका लागि १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्कासन गर्नेछ ।

याे पनि पढ्नुहाेस्

निजी क्षेत्रको एक ‘सफल आयोजना’ सिंगटी खोला

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="