Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सिंगटी हाइड्रो इनर्जीले २ सय मिटर भूमिगत लाइन निर्माण गर्ने

ऊर्जा खबर असार ३१, २०७६   1647

जलविद्युत



काठमाडौं- सिंगटी हाइड्रो इनर्जी कम्पनीले २५ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्न २ सय ३८ मिटर भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । निर्माणाधीन सिंगटी जलविद्युत आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनसम्म १३२ केभी सिंगल सर्किट भूमिगत लाइन निर्माण गर्न लागिएको हो ।

कम्पनीले प्रसारण लाइन निर्माण गर्न प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको काम सुरु गरेको छ । अध्ययनका क्रममा प्रसारण लाइन निर्माण गर्दा लाइन वरपरको भौतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग कम्पनीले राय सुझाव मागेको छ ।

ad

२ साताभित्र आइपुग्ने गरी राय तथा सुझाव पठाउन कम्पनीले सरोकारवालासँग आग्रह गरेको छ । सरोकारवालाबाट आएका सुझावलाई अध्ययन प्रतिवेदनमा समावेश गरी हुनसक्ने असर न्युनिकरणका उपाय अपनाइने कम्पनीले जनाएको छ ।

कम्पनीले दोलखामा आयोजना निर्माण गरिरहेको छ । निर्माण अन्तिम चरणमा पुगेकाे आयोजनाबाट आगामी असोजभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । कम्पनीले गत बैशाखबाट विद्युत उत्पादन गर्ने दाबी गरे पनि ६ महिना ढिलोको तालिका तोकेको हाे । यसअघि पनि साउन १ गतेको तालिका तोकिएको थियो । बैशाखबाट साउनमा पुगेको तालिका फेरी असोजलाई सारिएको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="