Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सिंगटीकाे साधारण सेयर निष्कासन गर्न मेगा क्यापिटल मार्केट्ससँग सम्झाैता

ऊर्जा खबर असार २७, २०७६   263

सेयर



काठमाडौं- सिंगटी हाइड्रो इनर्जी कम्पनीले साधारण सेयर निष्कासनको जिम्मा मेगा क्यापिटल मार्केट्सलाई दिएको छ । कम्पनीले निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको ४३ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा मेगा क्यापिटललाई नियुक्त गरेर जिम्मेवारी ताेकेकाे हाे ।

आयोजनाको साधारण सेयर निष्कासन तथा बाँडफाँड गर्न कम्पनी र मेगा क्यापिटलबीच बिहीबार सम्झौता भएको छ । सम्झौतामा कम्पनीका कार्यकारी निर्देशक गणेश कार्की र मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित ४३ करोड ५० लाख रुपैयाँ मूल्यको बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ । निष्कासन हुने साधारण सेयर स्वपुँजी लगानीको ३० प्रतिशत हो ।

निष्कासन हुने कुल सेयरमध्ये १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । यो स्वपुँजी लगानीको १० प्रतिशत स्वामित्व हो ।

यस्तै, सर्वसाधारणका लागि २० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर निष्कासन हुनेछ । पहिलो चरणमा स्थानीयका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले निर्माण गरिरहेको सिंगटी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट आगामी भदौदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="