Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

साना जलविद्युत, राजा वीरेन्द्र र म

जेठ ०५, २०७६   2229 लेख


रवीन्द्रबहादुर श्रेष्ठ

अमेरिकाबाट फर्केपछि, मेरो नियुक्ति साना जलविद्युत विभागको निर्देशकमा भयो । जहाँ मैले दस वर्ष काम गरेँ ।

पहाडी इलाकाको सदरमुकाम तथा महत्त्वपूर्ण गाउँ जहाँ राष्ट्रिय विद्युत प्रणाली जोडिएको थिएन, त्यहाँ साना जलविद्युत आयोजना निर्माण गरी विद्युत वितरण, सञ्चालन र सम्भार गर्नु थियाे । हामीले ४५ वटा साना जलविद्युत आयोजना र २ वटा सोलार पावर प्लान्ट (दक्षिण एसियामा सबैभन्दा ठूलो) निर्माण गर्यौं ।

आयोजनास्थल सम्म मोटर बाटो नहुँदा निर्माण सामग्री मानिसले बोकेर ढुवानी गर्नुपर्थ्यो र इलेक्ट्रो-मेकानिकल उपकरणहरू हेलिकाेप्टरबाट ढुवानी गरिन्थ्यो । उदाहरणका लागि काठमाडौंमा २०० रुपैयाँ बोरा पर्ने सिमेन्ट नाम्चे बजारमा १ हजार २ सय रुपैयाँ बोरा पर्थ्यो ।

त्याे मेरो पेशाको सबैभन्दा चुनौतीपूर्ण कार्य थियो । हामी सबै एक टिम भएर काम गर्यौं र सफलताको प्राप्त भयाे । प्रत्येक वर्ष राजा वीरेन्द्रले देश विकासका गतिविधि समीक्षा र निरीक्षण गर्न विकास क्षेत्रको भ्रमण गर्ने गर्थे । पहाडी इलाकामा थोरै विकासका गतिविधि हुने गर्थ्यो । राजाबाट गाउँको खानेपानी धाराको उद्घाटन हुने गर्थ्यो वा फटाह पञ्चहरूले काठमाडौंबाट भर्खरै ल्याएको तरकारी रोपेर स्थानीय उत्पादन भनेर निरीक्षण गराइन्थ्यो । भारतबाट लाखौंको फूल ल्याएर गेट तथा मञ्च सिँगारिन्थ्यो । यी सबै राजालाई प्रवाहित पार्न गरिने काम थिए ।

यस परिपेक्षमा साना जलविद्युत आयोजनाको उद्घाटन गर्न पाउनु ठूलो उपलब्धि थियो । अतः प्रत्येक वर्ष कम्तीमा एउटा साना जलविद्युत आयोजनाको उद्घाटनको व्यवस्था मिलाउन मलाई ठूलै दबाब आउँथ्यो (कतिबेला त ४ वर्ष पहिले निर्माण पूरा भएका आयोजनाको पनि उद्घाटन गराइन्थ्यो) ।

केही रोचक घटना

एकताका राजाको पश्चिमाञ्चल विकास क्षेत्र भ्रमणको अवसरमा स्याङ्जा जलविद्युत आयोजनाको निरीक्षण भयो । आयोजना प्रमुखको समीक्षा अपुग भएकाले मैले केही थप्नु परेको थियो । राजासामु मेरो यो पहिलो ब्रिफिङ थियो । मैले राजालाई सम्बोधन गर्ने उच्च अादारार्थी शब्दावली ‘हजुर’ सम्झेर ब्रिफिङ गर्दा ‘हजुर’ नै प्रयोग गरेँ।

समीक्षा एक सानो कोठामा भएको थियो । कोठाबाट निस्किँदा दरबारका सचिव रञ्जनराज खनालले ढोकामा छेकेर सोध्नुभयो- ‘तपाईंको घर कता हो ?’ मैले भनेँ, ‘काठमाडौं मै हो ।

पुनः प्रश्न आयो, ‘काठमाडौंमा कता ?’ मलाई भन्न कर लाग्यो, ‘मिरा होम खिचापोखरी ।’ वहाँको तुरुन्त प्रतिक्रिया आयो ‘ए जुद्धबहादुरजीको* छोरा !’ त्यसपछि थप प्रश्न गर्ने प्रयास/आँट भएन । पछि, साfझमा राजाको पोखरा क्याम्पमा साथै आएका भिआइपीबीच चर्चा भएछ, ‘श्री ५ को सरकारको प्रथम श्रेणीका अधिकृतलाई राजालाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने पनि थाहा छैन । राजालाई ‘सरकार’ भनेर सम्बोधन गर्नुपर्नेमा ‘हजुर’ भने’ ।

मध्पश्चिमाञ्चल विकास क्षेत्र भ्रमण अवसरमा राजाबाट गमगढीस्थित ५० किलोवाको सोलर पावर प्लान्ट उद्घाटन गर्ने कार्यक्रम थियो । गमगढीका प्रमुख जिल्ला अधिकृतले राजाको ब्रिफिङका लागि एक जोर सोफा सेट हेलिकाेप्टरबाट पठाउन आदेश दिए । यसो गरे मेरो पूरा एक वर्षको उपकरण ढुवानी बजेट समाप्त हुने थियो । अतः मैले भनेँ, ‘म सोफा सेट पठाउन सक्दिनँ । किनकि ब्रिफिङकाे अवसरमा राजा बस्नु हुन्न । देखाउनका लागि मात्र हो भने त्यहाँ उपलब्ध जुन फर्निचर राखे पनि हुन्छ ।’ आयोजना प्रमुखले त्यहाँ भएको फोल्डिङ मेच राखिदिए ।

राजाका वरिपरिकालाई विकासका वास्तविक समस्या र चुनौतीको वास्ता थिएन । उनीहरूको लक्ष्य राजालाई कसरी प्रवाहित पार्ने र आयोजनाबाट अनुचित फाइदा लिने मात्र थियो । कमिसन एजेन्ट र यस्ता तत्त्वहरू मेरो कामसँग खुसी थिएन । र, उनीहरू मलाई पदमुक्त गर्न प्रयासरत थिए । म आफ्नो जिम्मेवारीबाट कहिले बिचलित भइनँ र जस्तोसुकै परिस्थितिको सामना गर्न तयार थिएँ । आश्चर्यको कुरा कसैको खुसामत नगरी मैले राजाबाट एउटा तक्मा पाएँ ।

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="