Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सुस्तामा सय किलोवाटको सौर्य ऊर्जा, ९ महिनामा बिजुली बालिने

ऊर्जा खबर कार्तिक ०६, २०७६   1444

नवीकरणीय ऊर्जा



काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अबको ८ महिनामा नारायणी नदी पारि सुस्तामा सय किलोवाटको सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको छ । त्यहाँका २ सय ६६ घरमा विद्युतीकरण गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उक्त आयोजनाको मंगलबार शिलन्यास गरेका छन् । ‘सुस्ता सौर्य मिनी ग्रिड परियोजना’ मार्फत प्रदेश ५ को परासी सुस्ता गाउँपालिका वडा नम्बर ५ का सिमान्तकृत बासिन्दालाई विद्युतीय पहुँच पुर्याउने लक्ष्य छ ।

ad

वैकल्पिक ऊर्जाका विभिन्न स्रोतमार्फत विद्युतीकरण, सुधारिएको चुलो वितरण र बायोग्यास निर्माण लगायत सेवा प्रदान गर्ने केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बताए । ‘मिनी ग्रिड आयोजनाबाट आगामी बैशाख (२०७७ साल) १ गते विद्युत उत्पादन गर्ने लक्ष्य छ,’ उनले ऊर्जा खबरसँग भने, ‘स्थानीय तथा सरोकारवाला सबैको सहयोगबाट काम सम्पन्न गरिनेछ ।’

कूल ४ करोड ८० लाख ९२ हजार २ सय ६८ रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा केन्द्रले ६० प्रतिशत (२,८८,५५,३६१ रुपैयाँ) लागत बेहोर्नेछ । ३० प्रतिशत अर्थात् १ करोड ४४ लाख२७ हजार ६ सय ८० रुपैयाँ तराई मधेस समृद्ध कार्यक्रमले र १० प्रतिशत (४८,०९,२२७ रुपैयाँ) लगानी सुस्ता गाउँपालिकाले गर्नेछ ।

२ सय ६६ घरधुरी तथा  उद्योग व्यवसायमा विद्युत पुर्याउने काम तथा प्रणाली निर्माण÷जडान गर्ने जिम्मा टपसन इनर्जी प्रालिले पाएको छ । कम्पनीसँग कार्तिक ५ गते (२२ अक्टोबर २०१९) ठेक्का सम्झौता गरिएको छ । उसले २०७७ असार ०४ गते (१८ जुन, २०२०) निर्माण पूरा गर्नुपर्ने सर्त छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="