Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सौर्य ऊर्जा कि जलविद्युत् ?

मङि्सर ०५, २०७६   298 लेख


पूर्णबहादुर परियार

हाम्रो मुलुकमा अनुसन्धान र विकास (रिसर्च एन्ड डेभलप्मेन्ट) हुन नसक्नुले हाम्रो चरम गरीबी देखाउँछ । उत्पादन होइन, आयात र बिचौलिया धन्दालाई नै हामी व्यापारको संज्ञा दिइरहेका छौं । बिचौलिया कारोबारले महँगी र मुद्रास्फीति ल्याउँछ, समृद्धि होइन । आप्mनो अध्ययन र विशेषज्ञताको क्षेत्रभन्दा अर्को क्षेत्रको ज्ञान भएको भ्रम पाल्दै तथ्य र प्रमाणविना नै विरोध र समर्थन गर्नु अपराध र पाप दुवै हो ।

प्रसंग ऊर्जाक्षेत्रको हो । निःशुल्क प्राप्त सूर्यको किरणबाट विद्युत् उत्पादन हुन्छ, हाम्रो राष्ट्रिय प्रसारण लाइनलाई मद्दत पुग्छ र विद्युत् महसुल कम हुन्छ । परम्परागत प्रविधिमा ब्याट्री आयात गर्दा स्वदेशी मुद्रा बाहिरिन्थ्यो र समस्त प्रणाली नै महँगो हुन्थ्यो । ब्याट्री पटकपटक फेर्नुपर्ने झन्झट थियो । तर, यो प्रविधिमा परिवर्तन आएको १ दशक भइसकेको छ । राष्ट्रिय प्रसारण लाइनसँग जोडेर हरेक घरलाई पावर हाउस बनाउने नीतिलाई कार्यन्वयन गर्ने कुरा श्वेतपत्रमा पनि उल्लेख छ । तर, व्यावहारिक पक्ष शून्य नै देखियो । सौर्य ऊर्जालाई अनावश्यक तथा जलविद्युत्को शत्रुका रूपमा चित्रण गरिएको छ ।

ad

सौर्य ऊर्जामा घर आवासमा निःशुल्क सिस्टम जडान गरिन्छ र विद्युत् महसुल १५ वर्ष निःशुल्क हुन्छ । राष्ट्रिय प्रसारण लाइनलाई दिउँसोमा भारतबाट बिजुली आयात गर्नु नपर्ने हुँदा हामीलाई फाइदा नै हुन्छ । विद्युतीय चूल्होबाट खाना बनाउँदा ग्यास आयात कम हुन्छ । विद्युतीय सवारीसाधन घरमै निःशुल्क चार्ज गर्न पनि मिल्छ । ऊर्जाका स्रोत फरकफरक छन् । हामीसँग पानी छ । त्यसको प्रचुर प्रयोग गरी विद्युत् उत्पादन गर्नु उत्तम उपाय हो । तर संरचनाका लागि निश्चित उपकरणहरू त आयात गर्नु नै पर्छ ।

विकासको आधार नै उर्जा र पूर्वाधार हो । त्यसैले पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने मुलुकले सौर्य ऊर्जाको विरोध गर्नुको औचित्य देखिँदैन । विद्युतीय सवारीसाधन एक सपना थियो तर लिथियम ब्याट्रीको आविष्कारपछि अहिले सम्भव भएको छ । नेपालका सडकमा पनि गुड्न थालिसकेको छ । अब डिजल र पेट्रोलबाट चढ्ने गाडीहरूलाई विद्युत्मा रूपान्तरण गर्न सकेको खण्डमा ठूलो धनराशिको बचत र वातावरणमैत्री सवारीसाधनको प्रवर्द्धन हुन सक्छ ।

ब्याट्रीको प्रयोगविना नै नेट मिटरिङ (उल्टो सुल्टो घुम्ने मिटर) प्रयोग गरेर दिउँसो घामको किरणले उत्पादित बिजुलीले आफ्नो आवश्यकता पूरा गरिन्छ र त्यो अवस्थामा मिटर उल्टो घुम्छ । साँझ घाम अस्ताएपछि सौर्यऊर्जाको उत्पादन बन्द हुँदा ग्रीडबाट विद्युत् लिइन्छ र त्यो अवस्थामा मिटर सुल्टो घुम्छ । महीनाको अन्तिममा हिसाबमिलान गरिन्छ । धनात्मक गणना भए तिर्नुपर्छ र ऋणात्मक गणना भए लिनुपर्ने हुन्छ । लिनुपर्नेमा नगद भने आउँदैन, अर्को महीनाको बिलमा मिलान गरिन्छ । ग्रीड टाइड सोलर सिस्टमले मासिक बिल भुक्तानीको झन्झटबाट मुक्ति दिलाउँछ । हामी यो वरदानलाई बुझ्न सकिरहेका छैनौं । सम्बद्ध निकाय अलमलमै देखिन्छ । कार्यान्वयन गर्न सक्षम देखिएको छैन । राष्ट्रिय प्रसारण लाइनमा जडित ( ग्रीड–टाइड) सिस्टमको लागि अब कसैले लगानी गर्नु पर्दैन । नेपाल विद्युत् प्राधिकरणले नेट मिटर वितरण गरिदिए राष्ट्रिय प्रसारण लाइनमा जडित (ग्रीड–टाइड) सिस्टमका लागि उपभोक्ताले सौर्य ऊर्जामा नगद लगानी नै गर्नु पर्दैन । योग्य कम्पनीहरूले सजिलैसँग आफ्नो लगानीमा नै जडान गरिदिन सक्छन् ।

गोरखापत्रमा केही वर्षअघि प्रकाशित नेपाल विद्युत् प्राधिकरणको सूचनाले सौर्य ऊर्जामा सकारात्मक परिणाम र सन्देश थियो । सौर्य ऊर्जाका अभियन्ताहरू खुशी देखिएका थिए । तर, अहिले ती निराश बनेका छन् । विद्युत् प्राधिकरणका थुप्रै चुनौती छन् । हामी चाहन्छौं, विद्युत् प्राधिकरणले वैकल्पिक ऊर्जा प्रवर्द्धधन जिम्मा सुम्पेर सीमित चुनौतीहरूमाथि सजिलै विजय प्राप्त गर्नेछ र प्रचुर विद्युत् उत्पादन गर्दै विस्तारै निर्यात पनि गर्न सकोस् । हरेक नेपाली उपभोक्ताले न्युनतम महसुल या निःशुल्क विद्युत्को मजा लिन सकून् । म पनि जुझारु अभियन्ताको रूपमा सौर्य ऊर्जाको पक्षमा उभिएको छु र उभिइरहनेछु । करोडौं खर्च गरेर अध्ययन गरी राष्ट्रको हितमा काम गर्ने युवाहरूले आफूले जानेको शीप, दक्षता र अनुभव नै गलत सिद्ध भयो भने त्यस्ता कर्णधारहरूले यो मुलुकमा जन्मनु नै शाप सम्झिँदै पलायन हुनुपर्ने बाध्यता हुन्छ र भइरहेको पनि छ ।

परम्परागत सौर्य ऊर्जा प्रणालीमा ब्याट्रीको प्रयोग हुँदा ब्याट्रीको मूल्यका कारण व्यक्तिगत रूपमा उपभोक्ताले किन्दा महँगो पनि पर्ने र ब्याट्री पटकपटक फेर्नु पर्ने हुन्छ । त्यही भएर सौर्य ऊर्जाप्रति नकारात्मक सोच व्यापक भएको हो । सौर्य प्रणालीमा सौर्य पाताहरू नियमित सफा गरिरहनु जरुरी छ, जुन अभ्यास हाम्रोमा छैन । सडक बत्तीका सौर्य पाताहरू धुलाम्य देखिन्छन् । सडक बत्तीहरू कम्तीमा ४ लेनको राजमार्ग (एक्स्प्रेस वे) को बीचमा राख्नु उपयुक्त हुन्छ । तर अग्लोअग्लो घरको बीचमा होइन । हाम्रा सडक बत्तीहरू गलत ठाउँमा छन् । बानेश्वरदेखि माइतीघरसम्मको सडक बत्तीमा भने सही छन् । सौर्य ऊर्जाको शत्रु नै छाया हो ।

हामी पानीको स्रोतमा धनी छौं र घामको किरणको प्रचुरतामा पनि । यी दुवै निःशुल्क हुन् ।  तर, पानीको उपयोगिता बहुआयामिक छ । उपयोग गर्न सकेमा मात्र हामी धनी र सम्पन्न हुनेछौं । सौर्य ऊर्जा जलविद्युत् ऊर्जाको परिपूरक हो, शत्रु वा प्रतिस्पर्धी पटक्कै होइन । जलाशययुक्त परियोजना निर्माण हुन सकेमा दिउँसोको बिजुली सौर्य ऊर्जाबाट र साँझ तथा राति आवश्यक परेमा मात्र पानीको प्रयोग गरी विद्युत् उत्पादनमा सन्तुलन ल्याउन सकिन्छ । विद्युत् खेर जाँदैन । हामीलाई विद्युत् मात्र होइन, गुणस्तरीय विद्युत् आवश्यक छ । भोल्टेजको आरोह र अवरोहले घरमा रेफ्रिजरेटर, कारखाना र कार्यालयमा मेशिनहरू चल्दैनन् ।

हाम्रो पीडा त जारी नै छ । दिगो विकासका लागि विश्वभरि नवीकरणीय ऊर्जाको प्रयोग बढिरहेको छ । पेट्रोलियम पदार्थको आयातविना घरको चूल्हो, सडकमा सवारीसाधन, रेल, केबलकार चल्न सकोस् अनि मात्र हाम्रो शिर ठाडो हुन्छ । यसो हुँदा मात्र अन्तरराष्ट्रिय हेपाइबाट बच्न सकिन्छ ।

आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="