Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नवलपरासीमा ५ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण हुने

ऊर्जा खबर असोज २, २०७६   2214

नवीकरणीय ऊर्जा



काठमाडौं । नवलपरासीकाे प्रतापपुरमा ५ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण हुने भएको छ । नेशनल सोलार पावर कम्पनीले याे साैर्य विद्युत आयोजना निर्माण गर्न लागेकाे हाे ।

कम्पनीले आयोजनाकाे अध्ययन पूरा गरेर प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरेकाे छ । तयार भएकाे प्रतिवेदन कम्पनीले विद्युत विकास विभागमा पेस गरेको छ ।

ad

कम्पनीले पेस गरेकाे प्रतिवेदनका सम्बन्धमा विभागले साैर्य विद्युत आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रमा पर्न सक्ने वातावरणीय प्रभावबारे सरोकारवालासँग राय सुझाव मागेको छ । सरोकारवालासँग सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय सुझाव मागिएकाे हाे ।

सरोकारवालाले आफ्नो राय सुझाव कम्पनी तथा विभागकाे कार्यालयमा पठाउन सक्नेछन् । आयोजनाको मूख्य संरचना प्रतावपुरमा रहने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार साैर्य विद्युत आयोजना निर्माण भइ सञ्चालनमा आएपछि नेपाल विद्युत प्राधिकरणकाे ३३ केभी गण्डक जलविद्युत केन्द्रकाे स्वीचयार्डमा जाेडिनेछ । यस साैर्य विद्युत आयोजनाले वार्षिक करिब ९ हजार १ सय ३८ मेगावाट घन्टा विद्युत उत्पादन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="