Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्रदेश–२ मा ३०० मेगावाट सौर्य ऊर्जा उत्पादनको तयारी

ओमप्रकाश खनाल असार ०१, २०७६   416

छापा



वीरगञ्ज- प्रदेश–२ का आठ जिल्लाबाट ३०० मेगावाट सौर्य ऊर्जा उत्पादनको तयारीमा प्रदेश सरकार जुटेको छ । यस प्रदेशबाट शुरूमा ५० मेगाबाट सौर्य ऊर्जा उत्पादन गर्नेबारे विषय उठान भएको थियो । त्यसलाई बढाएर ३०० मेगावाट पुर्याउनेबारे छलफल र प्रक्रिया अगाडि बढेको प्रदेश–२ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जानकारी दिएको छ ।

‘यस विषयमा चरणबद्ध छलफल र प्रक्रिया अगाडि बढेको छ,’ मन्त्रालयका सचिव पुष्करनाथ घिमिरेले आर्थिक अभियानसित भने । सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्पmत प्रत्येक प्रदेशमा ऊर्जा विकासका २ ओटा ठूला आयोजना विकास गर्ने कार्यक्रम ल्याएको छ । प्रदेश–२ मा जलविद्युत् विकासको सम्भावना शून्यप्रायः छ । तर, चर्को घाम लाग्ने भूभाग भएकाले पनि यो प्रदेशमा सौर्य ऊर्जा विकासको सम्भावना प्रचुर छ । सचिव घिमिरेका अनुसार मन्त्रालयले सौर्य ऊर्जा उत्पादनको स्थान छनोट र स्रोत व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको छ ।

ad

गत चैत १५–१६ मा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनका क्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो प्रदेशमा २०० मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि चौधरी ग्रूपसँग सम्झौता गरेका थिए । तर, उक्त योजना कार्यान्वयनमा लैजाने भौतिक पूर्वाधार तथा विकास मन्त्रालय यसलाई सम्झौता मान्न तयार छैन । ‘ऊर्जा उत्पादनको ठाउँ नै टुंगो नलागेको अवस्थामा त्यसलाई सम्झौता होइन, समझदारी मात्र मान्न सकिने भयो,’ सचिव घिमिरेले भने ।

प्रदेश सरकारले ऊर्जाको प्लान्ट कुन कुन स्थानमा राख्ने भन्ने विषय टुंग्याउन सकेको छैन । सार्वजनिक जग्गा संघीय सरकारको अधीनमा भएकाले सहमति नलिई प्रदेश सरकारले उपयोग गर्न मिल्दैन । सचिव घिमिरेका अनुसार मन्त्रालयले पूर्वपश्चिम राजमार्ग छेउछाउका स्थानीय तहका प्रमुख र कार्यकारी अधिकृतहरूसँग स्थान छनोटका विषयमा छलफल गरिरहेको छ । मन्त्रालयले स्थानीय तहलाई सम्भावित स्थानको विस्तृत विवरण पठाउन पत्राचार गरेको उनले बताए ।

यसका आधारमा संघीय सरकारसित जग्गा उपयोगको अनुमति माग्ने तयारी प्रदेश सरकारको छ ।

दक्षिणी क्षेत्रमा हिउँदयाममा बढी तुँवालो लाग्ने भएकाले उत्तरतिर अर्थात् पूर्वपश्चिम राजमार्ग आसपास खोलाको बगर र चुरेको खुला स्थानलाई प्राथमिकतामा राखिएको छ । यस्तो जमीनको प्रकृति, हकभोगको अवस्था, क्षेत्रफल र नक्सासमेत मन्त्रालयमा उपलब्ध गराउन भनिएको घिमिरेले जानकारी दिए । प्रदेशका प्रत्येक जिल्लामा १५ देखि ६० मेगावाटसम्म उत्पादनको उद्देश्य राखिएको छ ।

प्रदेश–२ को सौर्य ऊर्जा उत्पादनमा चौधरी ग्रूपले औपचारिक रूपमै रुचि देखाएको छ । सचिव घिमिरेका अनुसार सौर्य ऊर्जा उत्पादनबारे छलफल बाक्लिएसँगै अन्य २ कम्पनीले पनि लगानीको प्रस्ताव ल्याएका छन् । तर, लगानी के कति लाग्छ भन्नेबारेमा विस्तृत अध्ययन भएपछि मात्र निचोडमा पुग्न सकिने उनको भनाइ छ ।

अहिले प्रारम्भिक प्रक्रिया थालिएको र विस्तृत अध्ययनपछि मात्रै योजनाको खर्च, स्थानीय तहले पाउने सुविधा, स्थानीय बासिन्दालाई रोजगारी, भौतिक र वातावरणीय प्रभाव लगायत विषयको निक्र्योल हुने मन्त्रालयले जानकारी दिएको छ । योजनाको भूक्षेत्र र सौर्य प्यानलको उचाइ, निर्माणमा लाग्ने समय, उत्पादनस्थलदेखि ग्रीडसम्मको दूरीलगायत पक्षले योजनाको लागत निर्धारित हुने मन्त्रालयको भनाइ छ ।

आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="