Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

इको ग्लोबल पावरले १० मेगावाटको सौर्य विद्युत आयोजना बनाउने

ऊर्जा खबर असार ०३, २०७६   366

नवीकरणीय ऊर्जा



काठमाडौं- इको ग्लोबल पावर कम्पनीले १० मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले धनुषाको ढल्केबरमा मिथिला-२ सौर्य विद्युत आयोजना निर्माण गर्न लागेको हो ।

ढल्केबरको करिब २५ विघा क्षेत्रफलमा सौर्य ऊर्जा प्रणाली प्रविधि जडान गरेका विद्युत उत्पादन गर्ने प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ केभी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

संरचना तयार गर्नुअघि कम्पनीले आयोजना रहने क्षेत्रको वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदनको काम सुरु गरेको छ । सौर्य विद्युत आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रमा पर्ने प्रभावका सम्बन्धमा सरोकारवालासँग कम्पनीले राय तथा सुझाव मागेकाे छ ।

सम्बन्धित क्षेत्रका सरोकारवालाले कम्पनीको सम्पर्क कार्यालयमा आइपुग्ने गरी राय तथा सुझाव पठाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="