Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सिँचाइकाे पहुँचका लागि बालिथुम गाउँमा सोलार पम्पिङ प्रविधि 

ऊर्जा खबर असार १, २०७६   866

नवीकरणीय ऊर्जा



काठमाडौं- गुल्मीको गुल्मीदरबार गाउँपालिकास्थित बालिथुम गाउँमा सोलार पम्पिङ आयोजना निर्माण भइरहेकाे छ। नवीकरणीय ऊर्जाबाट गाउँमा सिँचाइ तथा पानीको पहुँच पुर्याउन ग्रामीण पूर्वाधार विकास समूह, नेपाल (ग्रिड नेपाल) ले स्थानीयसँगकाे सहकार्यमा आयोजना निर्माण गरिरहेकाे हाे ।

पहाडी क्षेत्रमा लिफ्टिङबाट खेतबारीमा सिँचाइ गर्न सोलार पम्पिङ प्रविधि उपयुक्त देखिएकाले ‘पाइटल प्रोजेक्ट’ कोरूपमा आयोजना अघि बढाएको ग्रिड नेपालका इन्जिनियर रामबहादुर घिमिरेले बताए । उनका अनुसार नवीकरणीय ऊर्जाबाट चल्ने याे आयोजना पूरा भएपछि स्थानीय क्षेत्रमा सिँचाइ र खानेपानीको सुविधा एकसाथ पुग्नेछ ।

ad

आयोजनामा साेलार प्यानल जडानको काम पूरा भएकाे छ । ‘प्यानल जडान को काम सकियाे,’ उनले भने, ‘पम्प तथा इलेक्ट्रोमेकानिकल उपकरण र पाइप पनि जडान भयाे।’

अब साेलार पम्पले पम्पिङ गरेर तान्ने पानीको परिमाणको परीक्षण गर्ने तयारी भइरहेको उनले बताए । आयोजना सम्पन्न गरेर  स्थानीयलाई हस्तान्तरण गर्नुअघि तालिम दिइने बताए ।

आयोजना सम्पन्न भएपछि ग्रिड नेपालले सञ्चालनका लागि स्थानीयमा हस्तान्तरण गर्नेछ । आयोजना सञ्चालनमा आउँदा गाउँकाे कृषियाेग्य भुमिमा सिँचाइ सुविधा पुग्दा उत्पादन बढ्ने अपेक्षा छ । बालिथुमकाे माटाे तरकारी खेतीका लागि उपयुक्त छ । सिँचाइ सुविधा नभएकै कारण कृषकले राम्राे उत्पादन गर्न नसक्दा प्रतिफल पनि पाउन सकेका थिएनन् ।

आयोजना सञ्चालन हुँदा स्थानीय स्तरमा नै कृषि क्षेत्रमा राेजगारीकाे अवसर सृजना हुने अपेक्षा गरिएकाे छ । अहिले पानी तान्न खपत भइरहेको पेट्रोलियम पदार्थ पनि प्रतिस्थापन हुने ग्रिड नेपालले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="