Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दुई महिनामा ४१ मेगावाटका सोलार आयोजनालाई अध्ययन अनुमतिपत्र

ऊर्जा खबर असार २, २०७६   1266

नवीकरणीय ऊर्जा



काठमाडौं– सरकारले पछिल्लो दुई महिनामा ४१ मेगावाटभन्दा बढी क्षमताका ५ सोलार आयोजनाबाट विद्युत उत्पादन गर्न अध्ययन अनुमतिपत्र दिएको छ ।

ad

विद्युत विकास विभागले गत बैशाख २७ गतदेखि हालसम्म उक्त अनुमतिपत्र जारी गरेको हो । अध्ययन अनुमतिपत्र लिनेमा १० मेगावाटका ४ र १.२ मेगावाटको एउटा आयोजना छ ।

सबैभन्दा ठूलो १० मेगावाटको ग्रिड कनेक्टेड सोलारबाट विद्युत उत्पादन गर्न पोजेटिभ इनर्जीलाई अनुमति दिइएको छ । यस्तै, इटहरीमा १० मेगावाटकै आयोजना अध्ययन गर्न इटहरी क्यानल सोलार कम्पनीले अनुमति पाएको छ ।

उता दाङको लमहीमा १०–१० मेगावाटका दुई आयोजना अध्ययन गर्न पाइनियर इनर्जी र प्रोग्रेसिप इनर्जीले अनुमति पाएका छन् । सुर्खेतमा १.२ मेगावाट उत्पादन गर्न सिजी सोलार इनर्जी ग्रुपले अनुमति लिएको छ ।

विभागका अनुसार २०७३ देखि हालसम्म ४ सय ७१ मेगावाटका सौर्य आयोजना अध्ययन गर्न ५८ कम्पनीलाई अनुमति दिइएको छ । अनुमतिपत्र लिने बढीमा १ सय २० मेगावाटसम्मका आयोजना छन् ।

१० मेगावाटभन्दा साना ४२ र त्योभन्दा ठूला १६ आयोजनाको अनुमतिपत्र निजी कम्पनीले लिएको विभागले जानकारी दिएको छ । सबैभन्दा ठूलो १ सय २० मेगावाटको आयोजना सिजी इनर्जी इन्फ्रास्ट्रक्चर कम्पनी महोत्तरीमा अध्ययन गरिरहेको छ । यही कम्पनीले सुनसरीमा ५० मेगावाट र पर्साको परवानीपुरमा ३० मेगावाटका आयोजना अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="