Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सोलु आयोजनाले असारदेखि विद्युत उत्पादन गर्ने, ३३ केभी वैकल्पिक लाइनमा जोडिँदै

ऊर्जा खबर जेठ ०, २०७६   1778

खबर



काठमाडौं- साढे २३ मेगावाटको सोलु जलविद्युत आयोजनाले आगामी असारदेखि विद्युत उत्पादन गर्ने भएको छ । सोलुखुम्बुको सोलुखोलामा निर्माणधीन आयोजनाले अबको डेढ महिनाभित्र विद्युत उत्पादन गर्न लागेको हो ।

असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने तयारी भइरहेको प्रवर्द्धक अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका कार्यकारी निर्देशक शशीसागर राजभण्डारीले बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणले सोलु कोरिडोरको तिन्ला सबस्टेसन सञ्चालन गर्न लागेकाले आयोजनाको विद्युत वैकल्पिकरुपमा जोडिने गरी उत्पादन सुरु गर्न लागिएको हो ।

‘हाम्रो आयोजनाको विद्युत सोलु कोरिडोर प्रसारण लाइनमा जोडिनु पर्ने हो,’ उनले ऊर्जा खबरसँग भने,‘प्रसारण लाइन आउन अझै एक वर्ष लाग्छ । अहिले वैकल्पिकरुपमा ३३ केभी ओखलढुंगा-बुईंपा-सल्लेरी लाइनमा जोड्छौं ।’  पहिलो युनिट सञ्चालन भएपछि दोस्रो युनिटको उत्पादन गरिने उनले बताए ।

प्राधिकरणले अबको एक सातामा ३३ केभी लाइनबाट सबस्टेसन परीक्षण गर्ने जनाएको छ । ३३ केभी वैकल्पिक लाइनमार्फत करिब ६ मेगावाट विद्युतमात्रै प्रसारण प्रणालीमा जोडिने राजभण्डारीले बताए । प्रसारण लाइन अभावमा विद्युत खेर जाने अवस्था रहेकाले ८६ मेगावाटको सोलु दूधकोसी आयोजनालाई विद्युत वितरण गर्ने गरी वितरण लाइन विस्तार गरिदिन प्राधिकरणलाई आग्रह गरेको पनि उनले बताए ।

‘हाम्रो सबै विद्युत ३३ केभी लाइनमा जोड्न सम्भव छैन । विद्युत खेर जाने अवस्था रहन्छ,’ उनले भने,‘सोलु दूधकोसीले उपयोग गर्दा ६ मेगावाट जतिको खपत हुन्छ ।’

सोलु दूधकोसी आयोजनासम्म लाइन विस्तार गरिदिन प्राधिकरण सहमत भए पनि काम अझै सुचारु नभएकाे उनकाे गुनासाे छ । साेलु सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएका ६ मध्येकाे एउटा (सुपर सिक्स) आयोजना हाे । प्रसारण लाइन अभावमा विद्युत खेर गए विद्युत प्राधिकरणले र प्रसारण लाइन पहिले तयार भए आयोजनाकाे प्रवर्द्धकले ४५ प्रतिशत हर्जना तिर्नुपर्ने प्रावधान छ ।

सोलु खोलामा सोलु सहित ८२ मेगावाटको तल्लो सोलु, १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु दुधकोसी र सोलुको सहायक खोलामा ५.२ मेगावाटको जुनबेसी आयोजना निर्माणधीन छन् । तल्लाे साेलुकाे पनि ७५ प्रतिशत संरचना निर्माणकाे काम पूरा भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="