Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एक सातामा सोलुको ड्राइ टेष्ट, दशैंपछि विद्युत उत्पादन

ऊर्जा खबर असोज ०३, २०७६   3607

जलविद्युत



काठमाडौं— साढे २३ मेगावाटको सोलु जलविद्युत आयोजनाको संरचना तथा उपरकण परीक्षण अबको एक सातामा सुरु गरिने भएको छ । सोलुखुम्बुको सोलु खोलामा निर्माण सम्पन्न आयोजनामा जडान भएका उपकरणको परीक्षण गर्न लागिएकाे हाे ।

सिभिल, हाइड्रो तथा इलेक्ट्रो मेकानिकलतर्फको काम सम्पन्न भइसकेकाले विद्युत उत्पादन सुरु गर्नुअघि ठेकेदारले उपरकण परीक्षण (ड्राई टेष्ट) गर्ने तयारी गरेको प्रवद्र्धक अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका कार्यकारी निर्देशक शशीसागर राजभण्डारीले बताए ।

ad

‘आयोजना पूरा भइसकेको छ,’ उनले भने, ‘यसअघि नै विद्युत उत्पादन सुरु भइसक्ने थियो । तर, प्रसारण लाइनको समस्याले अलमल भयोे । अब प्राधिकरणले ३३ केभी ओखलढुंगा–बुईंपा–सल्लेरी लाइनमा जोड्ने विकल्प दिएको छ ।’  उनले दशैंपछि आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु हुने बताए ।

सोलु कोरिडोर प्रसारण लाइन पूरा भइनसकेकाले तत्काललाई आयोजनाको एउटा युनिटमात्र जोडिने उनले बताए । ‘३३ केभीमा जोड्दा एउटा युनिटमात्रै चलाउन सकिन्छ । १२ मेगावाटको युनिटलाई ६ मेगावाटमा चलाउने पर्ने देखिएको छ । लाइनको क्षमता ५ मेगावाटकोमात्रै छ’ उनले भने ।

प्राधिकरणले चैतभित्र १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन सम्पन्न गर्ने प्रतिवद्धता जनाएकाले केही महिना आयोजनाको आधाभन्दा बढी विद्युत खेर जाने अवस्था रहेको कम्पनीले जनाएको छ । प्रसारण लाइन तयार नहुन्जेल ८६ मेगावाटको सोलु दूधकोसी आयोजनाका लागि आवश्यक विद्युत दिन मिल्ने गरी वितरण लाइन विस्तार गरिदिन प्राधिकरणलाई आग्रह गरेको पनि उनले बताए ।

‘हाम्रो सबै विद्युत ३३ केभी लाइनमा जोड्न सम्भव छैन । विद्युत खेर जाने अवस्था रहन्छ,’ उनले भने,‘सोलु दूधकोसीले उपयोग गर्दा ६ मेगावाट जतिको खपत हुन्छ ।’ सोलु दूधकोसी आयोजनासम्म लाइन विस्तार गरिदिन प्राधिकरण सहमत भइ अहिले काम सुरु गरिसकेको छ ।

सोलु सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएका ६ मध्येको एउटा (सुपर सिक्स) आयोजना हो । प्रसारण लाइन अभावमा विद्युत खेर गए विद्युत प्राधिकरणले र प्रसारण लाइन पहिले तयार भए आयोजनाको प्रवर्द्धकले ४५ प्रतिशत हर्जना तिर्नुपर्ने प्रावधान छ ।

सोलु खोलामा सोलु सहित ८२ मेगावाटको तल्लो सोलु, १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु दूधकोसी र सोलुको सहायक खोलामा ५.२ मेगावाटको जुनबेसी आयोजना निर्माणधीन छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="