Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सोलु जलविदयुत आयोजनाको उपकरण परीक्षण सुरु

ऊर्जा खबर असोज १२, २०७६   2343

जलविद्युत



काठमाडौं— अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सोलुखुम्बुमा निर्माण गरिरहेको साढे २३ मेगावाटको सोलु जलविद्युत आयोजनाको उपकरण परीक्षण (ड्राइ टेस्ट) सुरु भएको छ । आयोजनामा जडित उपकरणकाे परीक्षण सुरु गरिएको हो ।

सोलु खोलामा निर्माण सम्पन्न आयोजनाको विद्युतगृहमा जडान भएको टर्वाइन, जेनेरेटर, कन्ट्रोल, प्यानल, ब्रेकरलगायतका उपकरणकाे परीक्षण सुरु भएको कम्पनीका कार्यकारी निर्देशक शशीसागर राजभण्डारीले बताए । उनका अनुसार अबकाे एक सातामा उपकरणकाे परीक्षण पूरा हुनेछ ।

ad

उपकरण परीक्षण पूरा गरेर दशैपछि आयोजनाको संरचनामा पानी भरेर विद्युत उत्पादन सुरु गरिने पनि उनले बताए । यसअघि नै उत्पादन  गर्ने तालिका भएपनि विद्युत जोडिने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन पूरा भइनसकेकाले आयोजनाले लक्ष्यअनुसार काम सुरु  गर्न सकेकाे थिएन ।

नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइन पूरा नभएपछि प्राधिकरणले ३३ केभी ओखलढुंगा–बुईंपा–सल्लेरी लाइनमा जोड्ने विकल्प दिएको छ । साेलु काेरिडाेर तयार नहुन्जेल आयोजनाको एउटा युनिटमात्र सञ्चालनमा ल्याउन लागेकाे उनले बताए ।

प्राधिकरणले चैतभित्र  सोलु कोरिडोर प्रसारण लाइन सम्पन्न गर्ने प्रतिवद्धता जनाएकाले केही महिना आयोजनाको आधाभन्दा बढी विद्युत खेर जाने अवस्था रहेको कम्पनीले जनाएको छ । प्रसारण लाइन तयार नहुन्जेल ८६ मेगावाटको सोलु दूधकोसी आयोजनाका लागि आवश्यक विद्युत दिन मिल्ने गरी वितरण लाइन विस्तारकाे काम प्राधिकरणले सुरु गरेकाे छ ।

वितरण लाइन तयार हुँदा ३३ केभी लाइनमा बढी हुने विद्युत साेलु दूधकाेसी आयोजना निर्माणमा उपयाेग गर्न सकिने कम्पनीकाे भनाइ छ ।

सोलु सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएका ६ मध्येको एउटा (सुपर सिक्स) आयोजना हो । प्रसारण लाइन अभावमा विद्युत खेर गए प्राधिकरणले र प्रसारण लाइन पहिले तयार भए आयोजनाको प्रवद्र्वकले ४५ प्रतिशत हर्जना तिर्नुपर्ने प्रावधान छ ।

सोलु खोलामा सोलु सहित ८२ मेगावाटको तल्लो सोलु, १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु दूधकोसी र सोलुको सहायक खोलामा ५.२ मेगावाटको जुनबेसी आयोजना निर्माणधीन छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="