Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दक्षिण कोरियाले वायु प्रदुषण नियन्त्रण गर्न १५ कोइला प्लान्ट बन्द गर्ने

ऊर्जा खबर मङि्सर १२, २०७६   1421

अन्तर्राष्ट्रिय



सिओल । दक्षिण कोरियाले कोइलाबाट सञ्चालित १५ पावर प्लान्ट बन्द गर्ने भएको छ । हिउँदकाे वायु प्रदुषण नियन्त्रण गर्न सञ्चालनमा रहेका एक चौथाई कोइला प्लान्ट बन्द गर्न लागिएको हो ।

काेइला प्लान्टले अत्याधिक कार्वन उत्सर्जन गर्दा वायु प्रदुषण हुने हुँदा वातावरण विदकाे सल्लाहमा डिसेम्बरदेखि फेब्रवरीसम्म ३ महिनाका लागि विद्युत उत्पादन पूर्णरूपमा बन्द गरिने त्यहाँको ऊर्जा मन्त्रालयलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । राेयटर्सका अनुसार सञ्चालन हुने बाँकी प्लान्टले उत्पादन गर्ने विद्युतबाट माग व्यवस्थापन गरिनेछ । याे अवधिमा सञ्चालन हुने बाँकी प्लान्टले पनि जडित क्षमताको ८० प्रतिशतमात्र विद्युत उत्पादन गर्न पाउने छन् ।

ad

एसियाको चौथो ठूलो अर्थव्यवस्था भएको कोरियामा ६० कोइला प्लान्ट सञ्चालनमा छन् । यी प्लान्टले प्रणालीमा उपलब्ध कूल ऊर्जाको ४० प्रतिशत विद्युत उत्पादन गर्दछन् । तर, कोइला प्लान्टले वायु प्रदुषण बढाएकाले विकल्प खाेज्न वातावरण विज्ञहरूले सुझाव दिने गरेका छन् ।

धुवाँकाे मुस्लाे छाेड्ने पुराना कोइला प्लान्ट मार्चदेखि जुनसम्म बन्द हुने गरेका छन् । वायु प्रदुषण बढ्न थालेपछि वातावरण विदको सल्लाहअनुसार सञ्चालन अवधिमा पनि  यस्ता प्लान्टबाट जडित क्षमताको ८० प्रतिशतमात्रै विद्युत उत्पादन गर्ने गरिएकाे मन्त्रालयले जनाएको छ ।

यो वर्ष जनवरी महिनाको विद्युत माग ८६ हजार ६ सय मेगावाट पुग्ने प्रक्षेपण मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार अत्याधिक चिसो हुने समयमा ९१ हजार ८ सय मेगावाट सम्म पुग्न सक्नेछ । ११ हजार ३ सय ५० मेगावाट विद्युत अतिरिक्त (सरप्सल) रहेकाले माग व्यवस्थापनमा समस्या नहुने मन्त्रालयले जनाएको छ ।

राेयटर्सबाट अनुवान

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="