Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चर्को घाममा पनि बिजुली बलिरहेको हेर्छन् जनकपुरका हाकिम, नगरपालिका वा प्राधिकरण जिम्मेवार को हो ?

यशाेदा सुनुवार चैत ०४, २०७५   2765

खोज



काठमाडौं– लहरै गाडिएका बिजुलीका स्टिल पोल । तिनमा सेता लिड बल्ब झुन्ड्याइएका छन् । र, यी बल्ब रातमा मात्र होइन दिनभरि बलिरहन्छन् । दिनमा लाग्ने चर्को घाममा पनि पोलमा बलेका बल्ब टाढैबाट प्रस्ट देखिन्छ ।

माथिको दृष्य नेपाल विद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत वितरण केन्द्रभित्रको जनकपुर नगरपालिका र यसवरपरको हो । प्राधिकरणले विद्युत चुहावट घटाएको दाबी गर्दै आए पनि विद्युत उपभोगमा भइरहेको दुरुपयोग रोक्न सकेको छैन ।

नगरपालिकाको जनकपुरधाम, जानकी मन्दिर, रेल्वेलाइन, भानुचोकलगायत दर्जनौं क्षेत्रमा दिनभर बिजुली बलिरहन्छ । दशैं, तिहार तथा छड पर्वमा दिउँसो बल्ने गरे पनि अन्य समयमा नगरपालिकासँगको समन्वयमा निभाउने गरेको प्राधिकरणको दाबी छ । चाडपर्वमा पनि दिउँसो बत्ती बाल्नु गैरकानुनी हो । तर, यसमा न प्राधिकरण न त सम्बन्धित नगरपालिकाको ध्यान गएको छ ।

सडकका पोलमा बत्ती राखिए पनि स्वीच नहुँदा निभाउन समस्या भएको केन्द्र प्रमुख सूर्यनारायण मण्डलले बताए । के सडकका सामान्य स्वीच फेर्ने प्राधिकरणसँग बजेट हुँदैन वा किन्न सक्दैन ? ‘स्वीच राख्न र बत्ती निभाउन नगरपालिकालाई बारम्बार ताकेता वा पत्राचार गर्दा पनि काम भएको छैन,’ उनले ऊर्जा खबरसँग भने ।

पोल वा तार व्यवस्थापन गर्नुपर्ने हुँदा पनि दिनमा बत्ती बलिरहने गरेको नगरपालिका इलेक्ट्रिक शाखाका सहयोगी दिपक चौधरीले बताए ।  पोलमा लिड बल्ब राखे पनि स्वीच राख्न आवश्यक वा भरपर्दो तार नभएको उनको तर्क छ । प्राधिकरण वा नगरपालिकाले यसरी गैरजिम्मेवार जवाफ दिनुले विद्युतको दुरुपयोग रोक्न कोही जिम्मेवार नभएको पुष्टि हुन्छ ।

प्राधिकरणसँग तार व्यवस्थापन र स्वीच स्टलेसनका लागि सहकार्य गरी समस्या हटाउने प्रक्रिया अघि बढाएका छौ,’ चौधरीले भने ‘वितरण केन्द्र र क्षेत्रीय कार्यालयसँग अनौपचारिक सहकार्य भइसकेको छ ।’ सडक बत्ती विस्तार तथा व्यवस्थापन गर्न करिब ५० लाख रुपैयाँ छुट्ट्याएको पनि उनले बताए ।

सडक वा गल्लीका पोलमा झुन्ड्याइएका बत्तीको महसुल नगरपालिकाले तिर्ने गर्छ । तर, चालू वर्ष जोडिएको सडक बत्तीको भने हिसाब नभएको मण्डलले बताए । नगरपालिकाले वितरण केन्द्रको सहकार्यबिना बत्ती राख्ने गरेपछि समस्या बढ्दै गएको उनको दाबी छ ।

वितरण केन्द्रको गेट (ढोका) देखि मुल सडक तथा गल्लीमा रहेका पोलमा २४ सै घन्टा बत्ती बलिरहेको देखिन्छ । देशका धेरै ठाउँका बासिन्दा अध्यारोमा छन् भने यस क्षेत्रको सडकमा रहेको बत्तीबाट विद्युत खेर गइरहेको छ । नगरपालिकाले सडकमा रहको बत्ती निभाउने गरे वा स्वीच राखे सहज हुने केन्द्रको धारणा छ ।

स्थानीय, नगरपालिका, गाउँपालिका, केन्द्र, निर्देशानलयले लामो समयदेखि मध्य दिनको चर्को घाममा पनि बिजुली बल्ब बलेको हेरिरहन्छन् । तर, निभाउन कोही अघि सर्दैनन् ।

दिनभर सडक बत्ती बल्दा उत्पादनमा दबाब पर्छ साथै भारतबाट भइरहेको आयात बढ्छ । वितरण केन्द्रअन्तर्गत अहिले ३३ प्रतिशत विद्युत चुहावट छ । चालू आर्थिक वर्षभित्र ५ प्रतिशत घटाएर २८ प्रतिशतमा झार्ने लक्ष्य छ ।

लोडसेडिङ मुक्त अभियानमा लागेको प्राधिकरणले दर्जन क्षेत्रमा भने विद्युत उपभोगको दुरुपयोग रोकेको देखिँदैन । यस्ता क्षेत्रमध्ये जनकपुर दिउँसो पनि बत्ति बलिरहने क्षेत्रमा गनिएको छ । यसबारे प्राधिकरणको केन्द्र, क्षेत्रीय कार्यालय र वितरण केन्द्रसमेत अनभिज्ञ बनेका छन् ।

गत आवमा चुहावट घटेर २०.४५ प्रतिशत रहेकोमा चालू आवको मंसिरसम्म घटेर १५.४५ प्रतिशतमा झारेको प्राधिकरणको दाबी छ । तर, यसरी भइरहेको दुरुपयोग किन रोकिएको छैन भन्ने प्रश्नको जवाफ प्राधिकरणले दिन सकेको छैन ।

प्राधिकरणकै तथ्यांकलाई आधार मान्दा अहिले देशभरि ३५ प्रतिशत जनसंख्या अध्यारोमा छन् । बाँकीले पनि गुणस्तरीय विद्युत उपभोग गर्न पाएका छैनन् । जनकपुरजस्ता क्षेत्रमा अनावश्यक बिजुली बल्दा अन्यमा आपूर्ति पुग्दैन ।

माग र आपूर्ति व्यवस्थापनमा आफूलाई खरो उतारेका घिसिङका आँखा यस्ता क्षेत्रमा किन जान सकेको छैन ? लिड बल्बको अवधि छोटिन्छ र प्राधिकरणको राजस्वमा समेत ठूलो असर पर्छ ।

प्राधिकरणले सितामडी–जलेश्वर ३३ केभी लाइनबाट १२ मेगावाट विद्युत आयात गर्दै आएको छ । के यो विद्युतको पैसा भारतलाई तिर्नु नपर्ने हो ? होइन भने प्राधिकरणका उच्च अधिकारीले यसरी गैरजिम्मेवार जवाफ कसरी दिन मिल्छ ? यो पक्षमा पनि घिसिङ मौन छन् ।

उपत्यका लगायत केही सहरमा अनावश्यक बत्ती नबाल्न, विद्युतीय उपकरण कम चलाउन प्राधिकरणले आग्रह गर्दै आएको छ । तर, जनकपुर र यसवरपर दिनभर बिजुली बालिन्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="