Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणले सडक बत्तीको साढे ४ अर्ब महसुल उठाएन, चालू आवभित्र ९ अर्ब पुग्ने

ऊर्जा खबर जेठ ३०, २०७६   1847

खबर



काठमाडौं- देशभरका गाउँपालिका तथा नगरपालिकाको सडक बत्तीको तिर्न बाँकी विद्युत महसुल बक्यौता साढे ४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणलाई नियमित महसुल नबुझाउँदा सडक बत्तीको बक्यौता बढ्दै गएको हो ।

विद्युत बक्यौताको यो तथ्याङ्क २ आर्थिक वर्षको भएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । उनका अनुसार चालु वर्ष सकिँदा बढेर यो रकम बढेर ९ अर्ब पुग्ने अनुमान छ ।

ad

केही नगरपालिकाले मात्रै नियमित महसुल बुझाउँदै आएको उनले बताए । निजी क्षेत्र र भारतबाट खरिद गरेर वितरण हुने विद्युतको सडक बत्तीको महसुल नियमित नउठ्दा प्राधिकरणमाथि व्याय भार थपिँदै गएको छ ।

नगरपालिका र गाउँपालिकाले सडक बत्तीको महसुल आव २०७४/७५ यता बुझाएका छैनन् । यसअघि आव २०६७/६८ देखि २०७३/७४ सम्म तिर्न बाँकी ६ अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयले तिरिदिएको थियो । मन्त्रालयले बक्यौताबापतको रकम प्राधिकरणलाई शोधभर्नाको रूपमा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="