body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्रणाली सुधार गर्न कोहलपुर सबस्टेसनमा ६३ एमभिएकाे ट्रान्सफर्मर थपिने

   असोज २४, २०७५        2191        ऊर्जा खबर

नेपाल विद्युत प्राधिकरणले नेपालगन्ज क्षेत्रको वितरण प्रणाली सुधार गर्न कोहलपुर सबस्टेसनको क्षमता बढाउने भएको छ । १३२/११ केभी सबस्टेसनको स्तरोन्नति गरी ९३ एमभिए क्षमताको बनाउन लागिएको हो ।

विद्युत आपूर्तिमा समस्या रहेको गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनको निर्देशनमा प्राधिकरणले सबस्टेसनको स्तरोन्नति गर्न लागेको हो । अहिले ३०/३० एमभिए क्षमता २ पावर ट्रान्सफर्मर रहेको सबस्टेसनमा ६३ एमभिएको नयाँ ट्रान्सफर्मर थप गर्ने तयारी प्राधिकरणले गरेको छ ।

नयाँ ट्रान्सफर्मर थप गर्न ३० एमभिएको एउटा ट्रान्सफर्मर निकालिनेछ । सबस्टेसनमा नयाँ ट्रान्सफर्मर थप गर्न ठेक्का आह्वान गरी उत्पादन तथा आपूर्तिकर्ता कम्पनीको छनोट प्रक्रिया पूरा भएको छ । ट्रान्सफर्मर आयातपछि जडान सुरु गरिने प्राधिकरणले जनाएको छ ।

नेपालगन्ज क्षेत्रको विद्युतको माग २४ मेगावाट छ । कोहलपुर क्षेत्रको माग १५ मेगावाट बराबरको छ । नेपालगन्ज क्षेत्रमा नेपाल र भारततर्फबाट आयातित विद्युत वितरण भइरहेकाले भोल्टेजको समस्या छ ।

अघोषित रुपमा हुने विद्युत कटौतीले औद्योगिक क्षेत्रमा पनि नकारात्मक असर परिरहेको छ ।भाेल्टेज समस्याले उद्याेगले लक्ष्य अनुसार उत्पादन दिन सकेका छैनन् ।

सबस्टेसनको स्तरोन्नतिपछि वितरण प्रणालीमा सुधार भई गुणस्तरीय विद्युत सेवा प्रवाह हुने प्राधिकरणको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7