Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९५४२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९७३ मे.वा. घन्टा
  • भारत : ५८४४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चिनी उद्योगी भन्छन्– तीन वर्षमा ५० मेगावाट विद्युत उत्पादन गर्न सक्छौं

ऊर्जा खबर फागुन ०२, २०७५   1602

नवीकरणीय ऊर्जा



काठमाडौं– देशमा सञ्चालनमा रहेका चिनी उद्योगहरूले आगामी तीन वर्षभित्र ५० मेगावाट विद्युत उत्पादन गर्न सक्ने बताएका छन् । हिउँदको विद्युत अभावमा योगदाना पुर्याउन सकिने भन्दै उनीहरूले यस्तो धारणा राखेका हुन् ।

चिनी मिलमा उखु पेलेर निस्कने खोस्टा (बगास) उपयोग गरी विद्युत उत्पादन गर्न सकिन्छ । अहिले देशमा १४ वटा चिनी उद्योग सञ्चालनमा छन् । यी उद्योगमा उन्नत तथा आधुनिक प्रविधि जडान गरे ८० मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । ‘विद्युत उत्पादन निजी क्षेत्रको एक्लो प्रयासले सम्भव छैन,’ उनले भने, ‘सरकारले सहयोग गर्नुपर्छ ।’

संघअन्तर्गत एभरेष्ट सुगर एन्ड केमिकल इन्ड्रष्ट्रिज, इन्दु शंकर, श्रीराम, इस्टर्न, हिमालय, महालक्ष्मी, लुम्बिनी, इन्दिरा, बागमती, महाकाली, भागेश्वरी, बाबा बैजनाथ उद्योग आवद्ध छन् । हरेक उद्योगमा २ देखि १५ मेगावाटसम्म विद्युत उत्पादन गर्ने क्षमता रहेको व्यवसायीको दाबी छ ।

एभरेष्ट र इन्दु शंकरले यसअघि ३÷३ मेगावाट, अन्नपूर्ण सुगर मिलले साढे ३ मेगावाट र रिलायन्स केमिकलले १५ मेगवाट विद्युत उत्पादन गर्न विद्युत विकास विभागसँग समझदारी पनि गरेका छन् । एभरेष्ट र इन्दु शंकरको विद्युत खरिद सम्झौता (पिपिए) समेत भएको छ ।

उद्योगबाट उत्पादित विद्युत प्रयोग गरेर नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गर्न आवश्यक जग्गा अधिग्रहणमा समस्या देखिएको संघका महासचिव राजेशकुमार अग्रवालले बताए । ‘प्रसारण लाइन निर्माणमा सरकारले सहयोग नगरे लक्ष्यअनुसार परिणाम दिन गाह्रो छ,’ उनले भने ।

नेपालमा एक युनिट विद्युत उत्पादन गर्न करिब १० किलो बाफ र ५ किलो खोस्टा चाहिन्छ । भारतमा भने एक युनिट विद्युत उत्पादन गर्न साढे २ किलो खोस्टा आवश्यक पर्ने अनुमान छ । भारतकै दाँजोमा आधुनिक उपकरण जडान गर्दा सोही परिमाणको खोस्टाबाट लक्षित विद्युत उत्पादन गर्न सकिने उद्योगीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="