Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९७७६ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०७७१ मे.वा. घन्टा
  • भारत : २५०२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०४९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सुन्दर यातायातले ४ पाङ्ग्रे साना विद्युतीय सवारी ल्याउँदै

ऊर्जा खबर असोज १२, २०७६   418

खबर



काठमाडौं— सुन्दर यातायात प्रालिले १५ वटा साना ४ पाङ्ग्रे विद्युतीय सवारी (कार/ट्याक्सी) सेवा सञ्चालन गर्ने भएको छ । विद्युतीय बस सेवा सञ्चालन गरिरहेको सुन्दर यातायातले ४ पाङ्ग्रे साना सवारी सञ्चालन गर्ने तयारी गरेको हो ।

तिहारपछि उपत्यकामा ४ पाङ्ग्रे सवारी सञ्चालन गर्ने तयारी भइरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । उनका अनुसार दशै पश्चात सवारी आइपुग्नेछ । सवारी साधनको प्राविधिक परीक्षण गरेर तिहारपछि सञ्चालनमा ल्याउने लक्ष्यसहित तयारी भइरहेकाे उनले बताए ।

ad

‘हामीले सञ्चालनमा ल्याउन लागेको सानाे सवारी पूरा चार्ज गर्न ४ सय ५० रुपैयाँको बिजुली लाग्छ,’ उनले भने, ‘घरमा चार्ज गरे ३ घन्टा र चार्जिङ स्टेसनमा गरे डेढ घन्टाकाे समय लाग्छ ।’

इन्धनबाट सञ्चालन हुने साना सवारीभन्दा विद्युतीय साना सवारीकाे यात्रा सस्ताे हुने उनले बताए । इन्धन खपत हुने साना सवारीलाई प्रतिकिलोमिटर २४ रुपैयाँ लाग्नेमा विद्युतीयलाई ११ रुपैयाँमात्र सुन्दर यातायातले जनाएकाे छ ।

प्रतिसवारी २० लाख रुपैयाँमा सुन्दर यातायात टेड्रसले चिनियाँ कम्पनी बीएकेसँग खरिद गरेर आयात गर्न लागेको पनि थापाले बताए । यातायात टेड्रसले आयात गरेकाे सवारी सुन्दर यातायात प्रालिले सञ्चालन गर्नेछ ।

यसअघि यही  पनि ५० वटा विद्युतीय बस खरिद गर्न  गर्न बिएके कम्पनीसँग यातायात टेड्रसले सम्झौता गरिसकेको छ । पहिलाे चरणामा ल्याइएका सुन्दर यातायातका ७ वटा विद्युतीय बस अहिले सञ्चालनमा छन् । विद्युतीय सवारी चार्ज गर्न विभिन्न स्थानमा चार्जिङ स्टेसन राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="