Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

३ चार्जिङ स्टेसन निर्माण गर्दै सुन्दर यातायात

ऊर्जा खबर असोज १३, २०७६   1620

खबर



काठमाडौं— सुन्दर यातायात प्रालिले काठमाडाैं ३ वटा चार्जिङ स्टेसन निर्माण गरिरहेकाे छ । सबै खाले विद्युतीय सवारी चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन निर्माण सुरु गरिएकाे हाे ।

विद्युतीय सवारी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन निर्माण गरिरहेकाे सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले बताए । उनका अनुसार सितापाइला, बुटवल र विराटनगरमा चार्जिङ स्टेसन निर्माणाधीन छन् ।

ad

यस्तै, काठमाडाैं उपत्यकाको भत्केकाे पुल र सुकेधारामा सुन्दर यातायातले निर्माण गरेका चार्जिङ स्टेसन सञ्चालनमा छन् । अहिले सञ्चालनमा रहेका चार्जिङ स्टेसन पनि सबै प्रकारका विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने गरी निर्माण गरिएकाे छ । तर, सरकारले चार्जिङ स्टेसनकाे कार्यविधि नबनाउँदा कम्पनी अन्तर्गतका सवारी साधनमात्र चार्ज भईरहेको थापाले बताए ।

सवारी चार्ज गरेबापत तिर्नुपर्ने महसुलको दर नतोकिएकोले अन्य कम्पनीका सवारी चार्ज गर्न नमिलेको थापाले बताए । सरकारले निजी आवास, सार्वजनिक पार्किङस्थल, अस्पताल, व्यापारिक कम्प्लेक्स, विश्वविद्यालयलगायतका स्थानमा चार्जिङ स्टेसन राख्न प्रोत्साहन गर्ने कार्यविधि बनाइरहेकाे छ ।

कम्पनीले गत भदौबाट उपत्यकामा ७ वटा विद्युतीय बस सञ्चालनमा ल्याएकाे छ । थप ५० वटा  विद्युतीय बस खरिद गर्न चिनियाँ कम्पनी बिएकेसँग सम्झौता भएकाे छ ।

कम्पनीले बससँगै साना ४ पाङग्रे विद्युतीय सवारी सेवा सञ्चालन गर्न खरिद प्रक्रिया अघि बढाएकाे छ । कम्पनीले तिहारपछि उपत्यकामा १५ वटा साना ४ पाङग्रे सवारी सञ्चालन गर्ने तयारी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="