Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

८५ वर्षपछि ६४० किलाेवाटबाट एक मेगावाट बन्दै सुन्दरीजल

ऊर्जा खबर भदौ २७, २०७६   2610

उहिलेकाे खबर



काठमाडाैं – राजधानीबाट १५ किलोमिटर उत्तर पूर्वको गोकर्णेश्वर नगरपालिकामा पर्दछ ६४० किलोवाटको सुन्दरी जलविद्युत केन्द्र । सुन्दरीजल नेपालमा निर्माण भएको फर्पिङपछिको दोस्रो जलविद्युत केन्द्र हो । बेलायत सरकारले निर्माण गरेर नेपाललाई हस्तान्तरण गरेको जलविद्युत केन्द्रले बिक्रम संबत १९९१ साल (सन् १९३४) देखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

जलविद्युत केन्द्रले वार्षिक ४.७७ गिगावाट घन्टा (४७ लाख ७० हजार युनिट) विद्युत उत्पादन गर्दछ । विद्युतगृहमा ३२० किलोवाट क्षमताका २ वटा युनिट जडान भएका छन् । काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने तथा विद्युत उत्पादन गर्ने उद्देश्यले जलविद्युत केन्द्र निर्माण गरिएको थियो ।

ad

राजधानीको ६० प्रतिशत जनसंख्यालाई सुन्दरीजलको पानी

सुन्दरीजललाई विद्युत उत्पादन गर्नमात्र नभइ काठमाडौं उपत्यकामा खानेपानीको सुविधा पुर्याउने उद्देश्यले निर्माण गरिएको थियो । अहिले पनि यहाँबाट दैनिक ५ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण हुँदै आएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरण गर्दै आएको छ । यहाँबाट वितरण हुने पानीले उपत्यकाका ६० प्रतिशत माग धानेको छ । विद्युत उत्पादन भइ विद्युतगृहबाट निस्केको पानी डेढ सय मिटर लामो पहुँच नहरबाट ट्याङ्कीमा जम्मा गरेर केयुकेएलले उपत्यकामा वितरण गर्ने गर्दछ ।

स्तरोन्नति गरेर ९७० किलोवाट बनाईंदै

सुन्दरीजल निर्माण सम्पन्न भइ सञ्चालनमा आएको आज ८५ वर्ष पूरा भइसकेको छ । विद्युत उत्पादन क्षमता घट्दै गएपछि नेपाल विद्युत प्राधिकरणले क्षमता बढाएर जलविद्युत केन्द्रको पुनर्निर्माण गरिरहेको छ । एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण तथा सरकारको लगानीमा जलविद्युत केन्द्रको पुनर्निर्माण भइरहेको हो ।

प्राधिकरणले जलविद्युत केन्द्रको स्तरोन्नति गर्नेक्रममा क्षमता बढाएर ९७० किलोवाट पुर्याएको छ । दुवै युनिटको क्षमता पनि बढेको छ । अब विद्युतगृहमा ४८५ किलोवाटका २ वटा युनिट रहने छन् । पहिलो युनिटको जडान कार्य सकिएको छ ।

प्राधिकरणले चाँडै पहिलो युनिटको परीक्षण सुरु गर्दैछ । पहिलो युनिटको परीक्षण गरेर सञ्चालनमा आएपछि दोस्रो युनिटको पनि स्तरोन्नति गरिने भएको छ । अहिले दोस्रो युनिटबाट ३२० किलोवाट विद्युत उत्पादन भइरहेको छ । ।

आर्थिक वर्ष २०७४/७५ मा वार्षिक विद्युत उत्पादन परिमाण ३.५८ गिगावाट घन्टा थियो । गत आव २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा उत्पादन १७.१९ प्रतिशतले घटेको छ । विद्युतगृह गिर्णअवस्थामा पुगेर उत्पादन वर्षेनी घट्न थालेपछि प्राधिकरणले क्षमता बढाएर जलविद्युत केन्द्रको स्तरोन्नति सुरु गरेको हो । स्तराेन्नतिपछि ८५ वर्षअघि विद्युतगृहमा जडान भएकाे होराइजेन्टल पेलटोन टर्वाइन , जेनेरेटरलगायत उपकरण फेरिनेछ ।

चालु वर्षको पुसभित्रमा पुननिर्माणको काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । जलविद्युत केन्द्रको पुनर्निमाण गर्न ६ करोड ५८ लाख ४३ हजार रुपैयाँ खर्च हुने अनुमान छ । सुन्दरीजलको स्तरोन्नति गर्न सन् २०१७ मा प्राधिकरणले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । । पावर मेक पेन्टफ्लो जिल्लिओनले संयुक्तरुपमा जलविद्युत केन्द्रको पुनर्निर्माण गरिरहेका छन् ।

जलविद्युत केन्द्रको पुरानाे डिजाइन

प्रकार- नदी प्रवाही

जडित क्षमता- ६४० किलोवाट

वार्षिक ऊर्जा उत्पादन- ४.७७ गिगावाट घन्टा

टर्वाइन- २ (होरिइजेन्टल पेलटोन)

जेनेरेटर- २७७ केभिए र ३.३ केभिए

प्रसारण लाइन- ११ केभी

सञ्चालन अवस्था- चालु

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="