Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सुनकोसी–मरिन राष्ट्रिय गौरवको सूचीमा, २ अर्ब बजेट विनियोजन

ऊर्जा खबर जेठ १७, २०७६   1885

जलस्रोत



काठमाडौं– सरकारले सुनकोसी–मरिन नदी स्थानान्तरण (डाइभर्सन) बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा राखेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटमा उक्त विषय समेटिएको हो ।

आयोजनाको प्रारम्भिक काम तथा निर्माण प्रक्रिया सुरु गर्न २ अर्ब ५ करोड रुपैयाँ बजेटसमेत छुट्ट्याइएको छ । सुनकोसी नदीको पानी मरिनमा खसालेर सिँचाइ तथा जलविद्युत उत्पादन गर्ने उद्देश्यले अध्ययन भइरहेको छ ।

ad

मरिन बागमती नदीको सहायक खोला हो । सुनकोसीबाट मरिनमा पानी खसालेपछि त्यो बागमतीमै मिसिन्छ । र, बारा, रौतहट, सर्लाही र महोत्तरीमा १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

सुनकोसीको पानी १३ किलोमिटर सुरुङ खनेर मरिनमा झारी ४३ मेगावाट विद्युत उत्पादन हुने पनि अध्ययनमा उल्लेख छ । अहिले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जलस्रोत तथा सिँचाइ विभागले जानकारी दिएको छ । परामर्शदाताले डिपिआर पुनरावलोकन गरिरहेको आयोजनाको लागत ६९ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="