Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८००६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५६२५ मे.वा. घन्टा
  • भारत : ९६८३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३३१४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सुपर माई ए मा लगानी जुट्यो, १६ महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य

ऊर्जा खबर माघ २७, २०७५   2256

खबर



काठमाडौं– ९.६ मेगावाटको सुपर माई ए जलविद्युत आयोजनामा ४ बैंकले लगानी गर्ने भएका छन् । इलाममा निर्माण सुरु भएको आयोजनामा १ अर्ब ३७ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्न बैंक सहमत भएका हुन् ।

ad

आयोजनामा सानिमा बैंकको अगुवाईमा सेन्चुरी, एनसिसि र ज्योति विकास बैंकले लगानी गर्ने सम्झौता भएको सगरमाथा जलविद्युत कम्पनीका कार्यकारी निर्देशक मोहनबिक्रम कार्कीले बताए । उनका अनुसार सानिमाले ५३ करोड, सेन्चुरीले ३५ करोड, एनसिसिले ३४ करोड र ज्योति विकास बैंकले १५ करोड रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

आयोजनामा बैंकले गर्ने ऋण लगानी कुल लागतको ७५ प्रतिशत हो । २५ प्रतिशत (४५ करोड रुपैयाँ) स्वपुँजी लगानी छ । आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

ad

गत मंसिरबाट निर्माण सुरु भएको आयोजना १० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध क्षेत्रमा डिसेन्डर (बालुवा थिग्राउने पोखरी), पहुँच नहर, ग्राभेल ट्र्याप निर्माणको काम भइरहेको कार्कीले बताए । सर्ज ट्याङको पनि निर्माण सुरु भएको छ । विद्युतगृहको जग खन्न सुरु गरिएको कम्पनीले जनाएको छ ।

आयोजनाबाट २०७७ जेठबाट विद्युत उत्पादन गर्ने तालिका छ । नेपाल विद्युत प्राधिकरणले २०७७ पुससम्मको अवधि तोकेको भएपछि त्यसको ८ महिना अघि नै सम्पन्न हुने कम्पनीको दाबी छ । कम्पनीले यसअघि साढे १२ मेगावाट बराबरका ३ आयोजनाको सफल निर्माण गरेर प्रसारण प्रणालीमा जोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="