Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८४०७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९०७ मे.वा. घन्टा
  • भारत : ५४१९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१७३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सुपर न्यादीको ठेक्का सम्झौता, इपिसीमा निर्माण हुने निजी क्षेत्रकै पहिलो आयोजना

ऊर्जा खबर कार्तिक २७, २०७६   1928

जलविद्युत



काठमाडौं । लमजुङमा निर्माण हुने ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनाको बुधबार (कात्तिक २७ गते) इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन–इपिसी (अध्ययन, खरिद र निर्माण) मोडलमा ठेक्का सम्झौता हुन लागेको छ ।

इपिसी मोडलमा निर्माण हुन लागेको स्वदेशी लगानी रहेकाे निजी क्षेत्रको सम्भवतः यो पहिलो आयोजना हो । आयोजना प्रवर्द्धक सिउरी न्यादी पावर लिमिटेड र निर्माणकर्ता हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालीबीच सम्झौता हुन लागेको कम्पनीले जनाएको छ ।

ad

सम्झौता अनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र आयोजनाको सम्पूर्ण पक्ष निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेछ । यसअघि निजी क्षेत्रले सिभिल, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल कामको छुट्टा–छुट्टै ठेक्का गरेर निर्माण गर्दै आएका थिए । यसले इपिसी मोडलमा आयोजना निर्माण गर्न निजी क्षेत्रका लागि ढोका खोलेको छ ।

इपिसी माेडलमा आयाेजना निर्माण गर्दा अनियन्त्रितरूपमा बढ्ने लागत राेकिन्छ र आयाेजना ताेकिएकाे लागतभित्रै पूरा गर्न मद्दत पुग्छ । पछिल्ला वर्षमा निरन्तर बढिरहेकाे जलिवद्युत आयाेजनाकाे लागत नियन्त्रण गर्ने याे एउटा भरपर्दाे उपाय हाे ।

७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण पक्षका लागि ५ अर्ब ८० करोड रुपैयाँमा सम्झौता हुन लागेको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपैयाँ (७५ प्रतिशत) लगानी गरेका छन् ।

१ अर्ब ७५ करोड रुपैयाँ (२५ प्रतिशत) स्वपुँजी लगानी हुने आयोजनामा ङादी ग्रुप पावर कम्पनी मुख्य संस्थापक प्रवद्र्धक रहेको छ । नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच २०७४ जेठ १९ गते विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो ।

२०७७ सालभित्र आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य रहे पनि लगानी तथा निर्माण पक्ष व्यवस्थापनमा समय लागेकाले विद्युत उत्पादन अवधि लम्बिने भएको छ । बाहुनडाँडामा बाँध निर्माण हुने आयोजनामा २० मेगावाटका दुई टर्बाइन जडान हुने जनाइएको छ ।

आयोजनाबाट वार्षिक २३५.७६ गिगावाट घन्टा (२३ करोड ५७ लाख ६० हजार युनिट) विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत आयोजनास्थलदेखि ११ किलोमिटर टाढाको तारी कुना १३२ केभी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="