Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

सुपर न्यादीबाट चार वर्षमा विद्युत उत्पादन, निर्माणको जिम्मा हाई हिमालय–धवलागिरि कन्स्ट्रक्सनलाई

ऊर्जा खबर कार्तिक २८, २०७६   2717

जलविद्युत



काठमाडौं । लमजुङमा निर्माण हुने ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनाबाट अबको ३ वर्षमा विद्युत उत्पादनको लक्ष्य राखिएको छ । सोही योजना अनुसार निर्माणको जिम्मा हाई हिमालय–धवलागिरि कन्स्ट्रक्सन जेभीलाई दिइएको छ ।

बुधबार (कात्तिक २७ गते) इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन–इपिसी (अध्ययन, खरिद र निर्माण) मोडलमा आयोजना निर्माण गर्ने सम्झौता भएको छ । हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्राली र धवलागिरि कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट प्रालिले संयुक्तरूपमा आयोजना निर्माण गर्ने सहमति छ ।

ad

सम्झौता अनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र आयोजनाको सम्पूर्ण पक्ष निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेछ । यसअघि निजी क्षेत्रले सिभिल, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल कामको छुट्टा–छुट्टै ठेक्का गरेर निर्माण गर्दै आएका थिए । यसले इपिसी मोडलमा आयोजना निर्माण गर्न निजी क्षेत्रका लागि ढोका खोलेको छ ।

७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण पक्षका लागि ५ अर्ब ८० करोड रुपैयाँमा सम्झौता हुन लागेको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपैयाँ (७५ प्रतिशत) लगानी गरेका छन् ।

१ अर्ब ७५ करोड रुपैयाँ (२५ प्रतिशत) स्वपुँजी लगानी हुने आयोजनामा ङादी ग्रुप पावर कम्पनी मुख्य संस्थापक प्रवर्द्धक रहेको छ । नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच २०७४ जेठ १९ गते विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो ।

२०७७ सालभित्र आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य रहे पनि लगानी तथा निर्माण पक्ष व्यवस्थापनमा समय लागेकाले विद्युत उत्पादन अवधि लम्बिने भएको छ । अहिले २०७९ साल साउन १ गते विद्युत उत्पादन गर्नुपर्ने मिति तोकिएको छ । बाहुनडाँडामा बाँध निर्माण हुने आयोजनामा २० मेगावाटका दुई टर्बाइन जडान हुने जनाइएको छ ।

आयोजनाबाट वार्षिक २३५.७६ गिगावाट घन्टा (२३ करोड ५७ लाख ६० हजार युनिट) विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत आयोजनास्थलदेखि ११ किलोमिटर टाढाको तारी कुना १३२ केभी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="