Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कर्पोरेट सुपर सिक्सेस सिजन–६ को मुख्य प्रायोजक माछापुच्छ्रे बैंक

 ऊर्जा खबर कार्तिक ०५, २०७६   179

बैंक



काठमाडौं । कर्पोरेट सुपर सिक्सेस सिजन–६ क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहेको छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एसएस इभेन्ट प्रालिका प्रमुख रमन शिवाकोटीले एक सम्झौतापत्रमा हस्ताक्षर गर्दै सो कुराको जानकारी गराएका हुन् ।

सम्झौतापछि सो प्रतियोगिताको नाम ‘माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सर टुर्नामेन्ट सिजन ६’ राखिनेछ । आगामी पुस २ देखि ७ गतेसम्म सुपर सिक्स सिजन–६ क्रिकेट प्रतियोगिता हुने आयोजक एसएस इभेन्ट्स म्यानेजमेन्ट कम्पनीले जनाएको छ ।

ad

प्रतियोगितामा २४ टिमले भाग लिनेछन् । उक्त क्रिकेट प्रतियोगिता ५ ओभरको हुनेछ । आयोजकले भाग लिने टिमको लागि ड्रेसको व्यवस्था गर्ने बताइएको छ ।

४० लाखको आयोजनामा भाग लिनको लागि टिमले भ्याट बाहेक ७०,००० रुपैयाँ तिर्नुपर्नेछ । विजेता, उपविजेता, म्यान अफ दी सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र बेस्ट फिल्डरलाई उपहारसहित ट्रफी पनि आयोजकले प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="