Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :५१४१ मे.वा. घन्टा
  • निजी क्षेत्र : ३८५५ मे.वा. घन्टा
  • भारत : १०५९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९५९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल

ऊर्जा खबर पुष २५, २०७५   380

पेट्रोलियम



काठमाडौं– सरकारले सुरेन्द्र पौडेललाई नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । पौडेललाई ४ वर्षे कार्यकालका लागि खुल्ला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको हो ।

ad

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धाको अन्तिम ३ मा परेका पौडेललाई सोमबारको मन्त्रीपरिषद बैठकले कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो । मन्त्रालयले पौडेलसहित अनिलकुमार झा र तारानाथ पौडेलको नाम मन्त्रिपरिषदमा पठाएको थियो ।

नवनियुक्त कार्यकारी निर्देशक पौडेल उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक थिए । निगमको कार्यकारी निर्देशकमा नियुक्त हुने निश्चित भएपछि उनले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदबाट राजिमाना दिएका थिए । उनी चार्टर्ड एकाउन्टेन हुन् ।

ad

इन्धन भण्डारणगृह निर्माणका लागि जग्गा खरिद प्रकरणमा भ्रष्टाचारको अभियोग लागेर तल्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले  पदबाट राजिनामा दिएपछि निगममा कार्यकारी निर्देशकको पद खाली थियो । शुशील भट्टराईले निमिक्त कार्यकारी निर्देशकका रूपमा निगम सञ्चालन गर्दै आएका थिए ।

जग्गा खरिद प्रकरणमा भ्रष्टाचारको अभियोग लागेका खड्का विरुद्ध सोमबार नै अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनलाई गैरकानुनी तरिकाले १८ करोड ६६ लाख ५ हजार रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="