Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तल्लो खारेखोलाले पुसदेखि विद्युत उत्पादन गर्ने

असोज १४, २०७६   1089

जलविद्युत



काठमाडौं— दोलखाकाे गौरीशंकर गाउँपालिकामा निर्माणाधीन ११ मेगावाटको तल्लोखारे खोला जलविद्युत आयोजनाले आगामी पुसदेखि विद्युत उत्पादन गर्ने भएकाे छ । निर्माण अन्तिम चरणमा पुगेकाे आयाेजनाले अबकाे ३ महिनामा विद्युत उत्पादन गर्न लागेकाे हाे ।

आयोजनाको सिभिल संरचना निर्माणकाे काम सकिएको प्रवर्द्धक युनिभर्सल पावर कम्पनीका प्रबन्ध सञ्चालक विनय भण्डारीले बताए । उनका अनुसार अहिले विद्युतगृहमा उपकरण जडानकाे काम सुरु भएकाे छ । उपकरण जडान गरेर मंसिर १५ गतेभित्र सकिने उनले दाबी गरे ।

ad

मंसिर दाेस्राे साताबाट उपकरण परीक्षण गरेर पुसदेखि विद्युत उत्पादन गर्ने तयारी भइरहेकाे कम्पनीले जनाएकाे छ । बाँध, पाइपलाइन र विद्युतगृहकाे संरचना निर्माण पूरा भएकाे छ । आयाेजनामा ३ हजार २ सय मिटर लामाे पाइप जडान गरिएकाे छ ।

यसअघि आयोजनाबाट २०७६ साउनदेखि विद्युत उत्पादन गर्ने तालिका भए पनि विद्युत जाेडिने प्रसारण लाइन नेपाल विद्युत प्राधिकरणले सम्पन्न नगरेकाले लम्बिएको भण्डारीले बताए । आ

आयोजनाले उत्पादन गर्ने विद्युत प्राधिकरणकाे सिंगटी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । विद्युतगृहदेखि सिंगटी सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन आयोजनाले नै निर्माण गरिरहेकाे छ । प्रसारण लाइन निर्माण पनि मंसिर दाेस्राे साताभित्र पूरा भइसक्ने कम्पनीले जनाएकाे छ ।

आयोजना सम्पन्न गर्न प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा बैंक अफ काठमाडौको अगुवाइमा सानिमा, माछापुच्छ्रे , कुमारी, जनता , लक्ष्मी र कैलाश विकास बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको ऋण चुक्ता अवधि १२ वर्षकाे छ ।

आयोजना निर्माणमा स्थानीयले पूर्ण साथ र समर्थन दिएको कम्पनीले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजनाले प्रभावित क्षेत्रमा सिँचाइ, सडक पूर्वाधार तथा विद्यालय भवन निर्माणमा पनि लगानी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="