विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अप्पर तामाकोसीको सेयर भर्न साढे ३ लाखले दिए आवेदन, ६ अर्ब ७० करोड संकलन

ऊर्जा खबर कार्तिक २०, २०७५ 4603

काठमाडौं–अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीको सेयर खरिद गर्न ३ लाख ४६ हजार १ सय ६६ आवेदन परेको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा लगानी गर्न ६ गुणा बढी आवेदन परेको हो ।

गत कात्तिक १५ गतेबाट बिक्री खुला गरिएको सेयर भर्ने आवेदकबाट सर्वसाधारणबाट ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपैयाँ संकलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनका अनुसार यो माग गरिएको भन्दा ६ गुणा बढी हो ।

सर्वसाधारणबाट सेयर खरिद गर्न परेका आवेदनको अन्तिम सूची तयार गरेर अबको २ सातामा बाँडफाँड गरिने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । संचयकोषका संचयकर्ता र आयोजना प्रभावित स्थानीयले दोहोर्याएर आवेदन दिए नदिएको पहिचान गरेर बाँडफाँड गरिनेछ ।

कम्पनीले स्वपुँजी लगानीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख मूल्यको १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर बिक्री गरेर लगानी जुटाउन लागेको हो । सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिएका छन् ।

कम्पनीले यसअधि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई १ करोड ८२ लाख ९९ हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरेको थियो ।

त्यस्तै, दोलखा जिल्लाबासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरी गत साता बाँडफाँड गरेको थियो ।

कम्पनीले निर्माण गरिरहेकाे तामाकाेसी अायाेजना ९७ प्रतिशत पूरा भएकाे छ । अायाेजना २०७६ असारमा परीक्षण गरेर कात्तिकबाट व्यावसायिक विद्युत उत्पादन सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="