Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

एचआइडिसिएल र पावर चाइनाले तमोर जलाशय बनाउने, बोर्डले दियो अनुमति

ऊर्जा खबर असोज २६, २०७६   4912

जलविद्युत



काठमाडौं– लामो समयदेखि चर्चामा रहेको तमोर जलाशय जलविद्युत आयोजना हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) र चीनको पावर कन्स्ट्रक्सन कोअपरेसन अफ चाइनाले संयुक्तरूपमा निर्माण गर्ने टुंगो लागेको छ ।

लगानी बोर्डले दुवै कम्पनीले निर्माण गर्ने गरी अनुमतिपत्र दिएपछि यसको टुंगो लागेको हो । चिनियाँ राष्ट्रपति सि जिनफिङको दुई दिने (असोज २५ र २६ गते) नेपाल भ्रमणका क्रममा एचआइडिसिएल र पावर चाइनाबीच आयोजना निर्माण गर्ने समझदारी (एमओयू) समेत भएको छ ।

ad

एमओयू अनुसार दुई वर्षभित्र अध्ययन पूरा गरेर निर्माण चरणमा पुर्याउने उल्लेख छ । एचआइडिसिएल वा पावर चाइना कसले बढी सेयर राख्ने भन्ने विषय खुला रहेकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा उक्त विषय खुलाइने प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले बताए ।

चिनियाँ राष्ट्रपतिको भ्रमणक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको रोहबरमा एचआइडिसिएलका पोखरेल र पावर पाइनाका प्रतिनिधिले समझदारीमा हस्ताक्षर गरेका छन् ।

तमोर ७ सय ६२ मेगावाट भन्दै आए पनि ७ सय ५६ मेगावाटमा निर्माण गर्ने समझदारी भएको छ । यसैगरी, एचआइडिसिएल र पावर चाइनकै संयुक्त लगानीमा १ सय ५६ मेगावाटको माडी जलाशय आयोजना निर्माण गर्ने पनि समझदारी भएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमणमा समझदारी भएका दुई आयोजनालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

निर्माण गर्न इच्छुक विभिन्न विदेशी ५ कम्पनीमध्ये आइतबार अन्तिम दिन (भदौ २९ गते) एचआइडिसिएल र पावर चाइनाको मात्र प्रस्ताव पेश हुनुले पनि दुवै कम्पनीको सहकार्यमा आयोजना निर्माण हुने सम्भावना बढेको थियो । २०७५ चैत १२ र १३ गते काठमाडौंमा भएको ‘नेपाल लगानी सम्मेलन’मा लगानी बोर्डले तमोरलाई प्रस्तुतिमा राखेको थियो । त्यतिबेला एचआइडिसिएल तथा पावर चाइना, नेब्रस पावर कतार होल्डिङ्स एलएलसी र जापानको फुजी इलेक्ट्रिक सहित ५ विदेशी कम्पनीले आयोजना निर्माण गर्न इच्छा देखाएका थिए ।

इच्छुक कम्पनीबाट बोर्डले आशयपत्र मागेको थियो । संयुक्त गठबन्धन (सहकार्य) गरी आएका दुई (नेपाल–चीन र जापान–कतार) कम्पनीले आशयपत्र बुझाएका थिए । यसकै आधारमा गत साउन १७ गतेको लगानी बोर्ड बैठकले दुवै कम्पनीसँग सिलबन्दी प्रस्ताव माग्ने निर्णय गरेको थियो । सोही प्रक्रियामा एचआइडिसिएल र पावर चाइनाले मात्र प्रस्ताव पेश गरेका छन् ।

लगानी सम्मेलनका बेला आयोजना सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गरिने उल्लेख थियो । त्यही आधारमा पावर चाइनाले एचआइडिसिएलसँग छलफल गरी उसको स्वीकृति सहितको आशयपत्र बुझाएको थियो । बोर्डले २१ दिनको समय दिएर विस्तृत विवरण मागेको थियो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="