Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तमोर जलाशय आयोजना निर्माण गर्न एचआइडिसिएल छनोट सूचीमा

ऊर्जा खबर श्रावण २१, २०७६   2308

जलविद्युत



काठमाडौं– बहुचर्चित ७ सय ६२ मेगावाटको तमोर जलाशय जलविद्युत आयोजना निर्माण गर्न हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) पूर्व छनोट सूचीमा परेको छ ।

ad

लगानी बोर्डमा स्वदेशी तथा विदेशी सहित ५ कम्पनीको प्रस्तावमा एचआइडिसिएल पहिलो छनोट सूचीमा परेको हो । कम्पनीले चीनको पावर कन्स्ट्रक्सन कोअपरेसन अफ चाइना लिमिटेडसँग मिलेर आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ ।

५ सय मेगावाटभन्दा ठूला आयोजना निर्माण तथा अनुमति दिने अधिकार बोर्डमा गएपछि अनुमतिको प्रस्ताव त्यहीँ गएको हो । आयोजना निर्माण गर्न वा अनुमति लिन नेब्रस पावर कतार होल्डिङ एलएलसी सहितको जोइन्ट भेन्चर (संयुक्त) मा जापानको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेडले प्रस्ताव गरेका छन् ।

संयुक्तरूपमा आशयपत्र बुझाएका दुई कम्पनी वा पक्षसँग बोर्डले सिलबन्दी प्रस्ताव माग्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा साउन १७ गते बसेको बैठकले उक्त निर्णय गरेको छ ।

आयोजनाको अहिले २ सय मेगावाटको अनुमतिपत्र लिएर नेपाल विद्युत प्राधिकरणले अध्ययन गरिरहेको छ । विद्युत विकास विभागले ३७.६ मेगावाटको काबेली ‘ए’ र २२ मेगावाटको तल्लो हेवा खोला प्रभावित हुने भन्दै पूर्ण क्षमतामा अनुमतिपत्र दिएको थिएन ।

सरकारले सार्वजनिक निजी–साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार २ सय मेगावाटभन्दा ठूला आयोजना बोर्डको क्षेत्राधिकारमा पारेको छ । यसअघि बोर्ड ऐनअनुसार ५ सय मेगावाटभन्दा ठूला आयोजना बोर्डमार्फत कार्यान्वयन हुने उल्लेख छ ।

बोर्डले मागे अनुसार आवश्यक कागजात पेस गर्ने तयारी भइरहेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले बताए । ‘चिनियाँ कम्पनीसँगको सहकार्यमा आयोजना हामीलाई दिने निर्णय भए हामी जसरी पनि लगानी जुटाएर निर्माण सुरु गर्छौं,’ उनले ऊर्जा खबरसँग भने ।

यसअघि चीनको सिचुवान एएनएचई हाइड्रोलिक एन्ड हाइड्रो इन्जिनियरिङ कम्पनीले सार्वजनिक निजी–साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्ने भन्दै सोझै प्रधानमन्त्री कार्यालयमा आवेदन दिएको थियो । यसमा नेकपाका उच्चस्तरीय नेता समेत लबिङमा लागेका थिए ।

प्राधिकरणले गरेको सम्भाव्यता अध्ययनमा २ सय ५, २ सय ५० र ३ सय मिटर उचाईको बाँध निर्माण गर्दा क्रमशः ७ सय ६२, १२ सय ५० र २५ सय ६५ मेगावाट विद्युत उत्पादन हुने उल्लेख छ । तमोरलाई पूर्वमा निर्माण हुनेमध्ये अति आकर्षक आयोजनाका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="