Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तनहुँ आयोजना निर्माण गर्न सिनो हाइड्रोद्वारा कर्मचारी माग

ऊर्जा खबर कार्तिक ०५, २०७६   2628

जागिर



काठमाडौं । तनहुँ जलविद्युत आयोजना प्रवर्द्धक सीनो हाइड्रो कर्पोरेसनले कर्मचारी मागेकाे छ । कम्पनीले तनहुँ जिल्लामा निर्माणाधीन १ सय ४० मेगावाटको जलविद्युत आयोजनामा खटाउने गरी १३ जना कर्मचारी मागेको हो ।

कम्पनीले विभिन्न तहका पदपुर्ति गर्न आवेदन खुलाएको छ । कम्पनीले १ जना आयोजना प्रबन्धक, २ जना जेनेरेटर इन्जिनियर, ४ जना साइट म्यानेजरको सहायकको पदपूर्ति गर्न आवेदन मागेको छ । यस्तै, ५ जना साइट सुपरभाइजरको सहायक र १ जना टर्वाइनका लागि साइट सुपरभाइजरको सहायकको पदपूर्ति गर्न आवेदन खुलाइएको छ ।

ad

कम्पनीका अनुसार विभिन्न पदमा आवेदन दिनेमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा अनुभव भएकोले रोजगारीको अवसर पाउने छन् । इच्छुक व्यक्तिले कात्तिक ७ गते (बिहीबार) भित्र आवेदन दिइसक्नुपर्ने छ ।

आवेदकले बायोडाटा, नेपाली नागरीकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिसहित आवेदन बुझाउनु पर्नेछ । आवेदक अग्रेजी र चिनियाँ भाषामा सक्षम हुनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="