Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

इन्भेस्टमेन्ट बैंकलाई २ अर्ब नदिन इटालीमा मुद्दा

विजय तिमल्सिना बैशाख ०४, २०७६   614

छापा



काठमाडौँ- तनहुँ हाइड्रोले ठेक्का तोडेपछि इटालियन कम्पनी सीएमसीले कार्यसम्पादन जमानत (बैंक ग्यारेन्टी) बापतको २ अर्ब रकम रोक्का गर्न इटाली अदालतमा मुद्दा दायर गरेको छ । कम्पनीको मुद्दाको सुनुवाइ गर्दै इटालीको अदालतले इन्भेस्टमेन्ट बैंकलाई बैंक ग्यारेन्टीबापतको रकम तत्काल नदिन इटालीको बैंक इन्टेसा सान पाओलोलाई आदेश दिएको छ । इन्टेसा सान पाओलोको अनुरोधमा इन्भेस्टमेन्ट बैंकले सीएमसीलाई बैंक ग्यारेन्टी दिएको थियो ।

१४० मेगावाट क्षमताको तनहुँ हाइड्रोको हेडवर्क्स (नदी फर्काउने र बाँधसहितका संरचना) निर्माण गर्न सीएमसीले २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँको ठेक्का पाएको थियो । १५ असोजमा गरिएको ठेक्का सम्झौताअनुसार काम सुरु नगरेको भन्दै आयोजनाले फागुन २३ मा सीएमसीसँग सम्झौता तोडेको थियो ।

आयोजना र सीएमसीबीच भएको सम्झौतामा २८ दिनभित्र आयोजनास्थलमा काम सुरु गर्ने प्रावधान छ । सम्झौताअनुसार कम्पनी आयोजनास्थल नपुगेपछि आयोजना कार्यालयले फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना जारी गरेको थियो । दुई साताको म्याद दिएर सूचना जारी गरिए पनि सीएमसीको आधिकारिक जवाफ नआएको भन्दै आयोजनाले ठेक्का तोडेको हो । सीएमसीसँग ठेक्का तोडेको आयोजनाले अर्को बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ ।

ठेक्काको लागि सीएमसीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार यूरोको कार्यसम्पादन जमानत जारी गराएको थियो । सीएमसीसँग ठेक्का सम्झौता तोडेलगत्तै इन्भेस्टमेन्ट बैंकले जारी गरेको बैंक ग्यारेन्टी रकम तनहुँ हाइड्रोपावर लिमिटेडले लिइसकेको छ । ठेक्का सम्झौताको १० प्रतिशत रकम ठेकेदारले बैंक ग्यारेन्टीबापत राख्नुपर्छ ।

बैंक ग्यारेन्टीबापत रकम आयोजनालाई दिएर इन्भेस्टमेन्ट बैंकले इटालीको बैंकसँग रकम माग गरेको थियो । उक्त रकम माग गर्ने प्रक्रियामै रहँदा सीएमसीले मुद्दा दायर गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

सीएमसीले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै इटालीको बैंक टि्रब्युनल डी बोलोग्नालेले आइतबार इटालीको बैंक इन्टेसा सानपाओलोलाई बैंक ग्यारेन्टी भुक्तानी रोक्का गर्नका लागि आदेश दिँदै तनहुँ हाइड्रोपावरले अवैध तरिकाले बैंक ग्यारेन्टी लिएको हो कि होइन भन्ने विषयमा पनि छानबिन गर्न भनेको छ । सीएमसीले हालेको मुद्दाको अर्को सुनुवाइ २६ जुनमा तोकिएको छ ।

तनहुँ हाइड्रोपावर विभिन्न दातृ निकायको सहयोगमा निर्माण गर्न लागिएको हो । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको छ । यी खर्चले आयोजनाको निर्माणसहित प्रसारण लाइन, ग्रामीण विद्युतीकरणसमेत समेट्छ ।

आयोजना निर्माणका लागि एसियाली विकास बैंक -एडीबी) ले १५ करोड अमेरिकी डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग -जाइका) ले १८ करोड ४० लाख डलर, युरोपियन इन्भेस्टमेन्ट बैंक -ईआईबी) ले ८ करोड ५० लाख डलर ऋण सहयोग गरेका छन् । आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख डलर व्यहोर्नेछ ।

आयोजनाको वित्तीय व्यवस्थापनका लागि दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता भइसकेको छ । आयोजना र प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भइसकेको छ । प्राधिकरणले आयोजनाको विद्युत् खरिद गर्ने गरी असार १५ गते विद्युत् खरिद बिक्री सम्झौता भएको हो । सम्झौताअनुसार आयोजनाले २०८० चैत ३० -अपि्रल २०२४) गते उत्पादन सुरु गर्नुपर्नेछ ।

विद्युत् खरिद बिक्री सम्झौताअनुसार प्राधिकरणले आयोजनाको प्रतियुनिट विद्युत् सुक्खायाममा १२ रुपैयाँ ४ पैसा र वषर्ायाममा ६ रुपैयाँमा खरिद गर्नेछ । यो मूल्यमा वाषिर्क ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्य वृद्धि पाउने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।
साभारः कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="