Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

२१ सय १५ मेगावाटको आयोजना बनाउँदै तान्जानिया

ऊर्जा खबर फागुन ०५, २०७५   1549

अन्तर्राष्ट्रिय



काठमाडौं– अफ्रिकी मुलुक तान्जानियामा २१ सय १५ मेगावाटको रुफिजी जलविद्युत आयोजना निर्माण हुने भएको छ । त्यहाँको सरकारले तान्जानियाँ इलेक्ट्रिक सप्लाई कम्पनीमार्फत रुफिजी नदीमा यति ठूलो आयोजना निर्माण गर्न लागेको हो ।

आयोजना निर्माण गर्न अरब कन्ट्र्याक्टर र इलसेवेडी कम्पनीसँग संयुक्त ठेक्का सम्झौता गरिएको छ । आयोजना निर्माणकाे जिम्मा पाउने दुवै इजिप्सियन ठेकेदार कम्पनी हुन् । दुवै कम्पनीले आयोजनाकाे संरचना निर्माण गर्नेछन् ।

ad

१ हजार ३ सय वर्ग किलोमिटर क्षेत्रफलमा १ सय ३४ मिटर अग्लो तथा १ सय किलोमिटर लामो जलाशय निर्माण गर्ने गरी आयोजना डिजाइन गरिएको छ ।

तान्जानियामा निर्माण हुन लागेको याे नै अहिलेसम्मकाे सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । अहिले ५ सय ६८ मेगावाट  विद्युत जलविद्युत आयोजनाबाट उत्पादन हुने गरेकाे छ । प्रसारण प्रणालीमा १ हजार ५ सय ६० मेगावाट विद्युत जाेडिएकाे छ । जलविद्युत बाहेक  प्राकृतिक ग्यास, काेइला, युरेनियम, हावा, जियाेथर्मल, साेलार र वायाेमास प्रणालीबाट विद्युत उत्पादन हुँदै आएकाे छ ।

आयोजना सम्पन्न गर्न सरकारले ३ अर्ब अमेरिकी डलर लागत अनुमान गरेको छ । तर, स्वतन्त्ररूपमा गरिएको अध्ययनले ७ अर्ब ५८ करोड अमेरिकी डलर खर्च हुने प्रक्षेपण गरेको छ । आयोजनाको निर्माण अवधि लम्बिएमा लागत बढेर ९ अर्ब ८५ करोड अमेरिकी डलर पुग्ने अनुमान छ ।

आयोजना निर्माण सुरु गरेकाे ४२ महिनामा सन् २०२२ काे अप्रिलबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना पूरा भएपछि उच्च क्षमताकाे ४ सय केभी सबस्टेसनमार्फत प्रसारण प्रणालीमा जाेडिनेछ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुबाट अनुवाद

 

प्रतिक्रिया दिनुहोस