Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१००१५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९५७८ मे.वा. घन्टा
  • भारत : ९३३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०५२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युतीय चार्जिङ स्टेसनका लागि ९ रुपैयाँ महसुल प्रस्ताव

ऊर्जा खबर कार्तिक २१, २०७६   2588

खबर



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय चार्जिङ स्टेसनका लागि लागू हुने विद्युत महसुल प्रस्ताव गरेको छ । प्राधिकरण सञ्चालक समितिको निर्णय अनुसार विद्युत नियमन आयोग समक्ष प्रतियुनिट करिब ९ रुपैयाँ महसुल प्रस्ताव गरिएको हो ।

अहिले देशभर सरकार तथा निजी क्षेत्रको पहलमा धमाधम सवारी चार्जिङ स्टेसन निर्माणको तयारी भइरहेको छ । यस्ता ठाउँमा सवारी चार्ज गर्दा कति महसुल लिने भन्ने अहिलेसम्म निक्र्योल भएको छैन । वतावरणीय प्रदुषण घटाउँदै विद्युतीय सवारी प्रवद्र्धन तथा विद्युत खपत बढाउन पनि चार्जिङ स्टेसन महत्त्वपूर्ण छ ।

ad

सञ्चालक समितिको गत शनिबार (कात्तिक १६ गते) को बैठकको निर्णय तथा पूर्वतयारीका आधारमा चार्जिङ स्टेसनका लागि प्रतियुनिट ८ रुपैयाँ ७० पैसा महसुल प्रस्ताव गरिएको छ । यद्यपि, प्रस्तावित महसुल आयोगले हेरेफेर वा थपघट गर्न सक्छ । आयोगको अन्तिम निर्णयपछि मात्र महसुल टुंगो लाग्नेछ ।

प्राधिकरणले मात्र देशभर ५० वटा चार्जिङ स्टेसन निर्माणको तयारी गरिरहेको छ । एउटा चार्जिङ स्टेसन निर्माण गर्न करिब एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा प्राधिकरणले यस क्षेत्रका लागि मात्र करिब ५० करोड रुपैयाँ खर्च गर्दैछ ।

एक पटक चार्ज गरेपछि ३ सयदेखि ४ सय किलोमिटरसम्म गुड्न सक्ने गरी कम्तीमा ६० किलोवाटसम्मका चार्जिङ स्टेसन निर्माणको योजना बनाइएको छ । यसका लागि प्राधिकरणले ठेक्का समेत आह्वान गरिसकेको छ ।

निजी क्षेत्रको सुन्दर यातायात प्रालिले उपत्यकाको भत्केको पुलमा एउटा चाजिङ स्टेसन सञ्चालनमा ल्याएको छ । उसले उपत्यकाभित्र थप ५ वटा यस्ता स्टेसन निर्माण गरिरहेको छ । ७ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको कम्पनीले ५० वटा खरिद प्रक्रिया अगाडि बढाएको छ ।

यसैगरी, साइमेक्स गाडीको आधिकारिक बिक्रेता बिवाइडी कम्पनीले देशभर १२ वटा चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको छ । लक्ष्मी इन्टरनेशनल पनि राजधानी सहित १२ स्थानमा चार्जिङ स्टेसन निर्माण गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मान्त्रालयले ‘विद्युतीय सवारी साधन प्रयोग कार्यविधि’ बनाइरहेको छ । मन्त्रालय र आयोगको समन्वयमा चार्जिङ स्टेसनका लागि लिने अन्तिम महसुल दर कायम हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="