Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पञ्जाबले २ वर्षमा तेस्राे पटक विद्युत महसुल बढायाे

ऊर्जा खबर जेठ १५, २०७६   560

अन्तर्राष्ट्रिय



पटियाला- भारतको पञ्जाब राज्यले विद्युत महसुल बढाएको छ । राज्यको विद्युत नियमन आयोगले मौजुदा महसुल २.१४ प्रतिशतले बढाउने निर्णय गरेको हो ।

ad

आयोगले बितेको २ वर्षमा तेस्रो पटक विद्युत महसुल समायोजन गरेको हो । सबै श्रेणीका ग्राहकको महसुल बढाइएको भारतीय समाचार एजेन्सी टिएनएनले जनाएकाे छ ।

घरेलु श्रेणीका ग्राहकका लागि प्रतियुनिट ०.०८ भारु बढेको छ । बढेको मूल्य अनुसार अब घरेलु ग्राहकले प्रतियुनिटमा ४.९९ भारुदेखि ७.११ भारु तिर्नुपर्नेछ । याे श्रेणीको यसअघिको महसुल दर प्रतियुनिट ४.९१ देखि ७.३३ भारु थियो । आयोगले ‘फिक्स’ सेवा लिने ग्राहकका लागि प्रतिकिलोवाटमा १० भारु बढाएको छ ।

गैर-घरेलु ग्राहकको महसुल पनि प्रतियुनिट ०.०५ भारु बढेको छ । नयाँ दर अनुसार अब यो श्रेणीका ग्राहकले प्रतियुनिट ६.९१ देखि ७.२९ भारु तिर्नुपर्ने भएको छ ।यो श्रेणीका ग्राहकले यसअघि प्रतियुनिट ६.८६ देखि २.२४ भारु तिर्दै आएका थिए ।

यसै श्रेणीका २० किलोवाटसम्म विद्युत खपत गर्ने ग्राहकका लागि प्रतिकिलोवाटको न्युनतम महसुल दर ०.०५ भारु बढेको छ । २० देखि १ सय किलोवाटसम्म विद्युत खपत गर्ने ग्राहकले प्रतिकिलोवाट १० भारु तिर्नुपर्नेछ ।

यस्तै, औद्योगिक ग्राहकको महसुल दर प्रतियुनिटमा ०.०८ भारु देखि ०.१० पैसा बढेको छ ।

टिएनएनबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="