Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

संस्थागत ग्राहकका लागि टेलिकमको आकर्षक अफर

ऊर्जा खबर श्रावण १७, २०७६   896

आइ सि टी



काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थापक ग्राहकको लागि आकर्षक अफर ल्याएको छ । न्युनतम प्याकेज रकमबाट महिनाभरी असिमित कुराकानी गर्न सकिने अफर ल्याएको हो ।

संस्थागत प्रयोगकर्ता समूह योजनामा समाहित भएर ग्राहकले यो सेवा उपभोग गर्न सक्ने टेलिकमले जनाएको छ । जसका लागि एउटै कम्पनी, संस्था वा कार्यालयमा कार्यरत १० जना वा सो भन्दा बढीले सुविधा उपभोग गर्न सक्नेछन् । टेलिकमका सबै प्रकारको नम्बरबाट सेवा लिन सकिन्छ ।

ad

टेलिकमले योजनामा आबद्ध संस्थागत प्रयोगकर्ताले आफ्नो समूहभित्रका मोबाइल नम्बरमा निःशुल्क असीमित कुराकानी गर्न सक्ने सुविधा दिएको छ । यो सुविधा प्रयोग गर्न सीयूजी सेवामा आबद्ध समूहका नम्बरबाहेक नेपाल टेलिकमका अन्य नम्बरका प्याकेजमा उपलब्ध गराइएको छ । फ्री रिसोर्सेजसम्म भ्वाइस, डाटा र एसएमएस निःशुल्क प्रयोग गर्न सकिन्छ । कर्पोरेट ग्राहक सेवा टेलिकमको कुनै पनि कार्यालयबाट लिन सकिने टेलिकमले जनाएको छ ।

कर्पोरेट ग्रुपलाई प्याकेजमा सेवा दिएको छ । जीएसएम/सीडीएमए प्रिपेड ग्राहकका लागि मात्र उपलब्ध हुने गरी दुई सय रुपैयाँको संस्थागत प्याकेज उपलब्ध छ । यो सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले एक सय मिनेट समूहबाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न र ५० वटा सन्देश पठाउन सक्नेछन् । यही सेवा अन्तर्गत मासिक एक सय ४० एमबीको डाटा चलाउन पाइन्छ । यस्तो प्याकेजमा दुरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवाप्रदायकका मोबाइल वा फोनमासमेत १० मिनेट कुरा गर्न सकिने सुविधा दिएको छ ।

प्रिपेड वा पोस्टपेड दुवै मोबाइल प्रयोगकर्ताका लागि ४ सय, ७ सय, एक हजार, १३ सय र १६ सय रुपैयाँका प्याकेज उपलब्ध रहेको छ । चार सय रुपैयाँको संस्थागत प्याकेज लिँदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २३० मिनेट कुराकानी गर्न, तीन सय एमबीको डाटा चलाउन र एक सय एसएमएस पठाउन सकिन्छ । यसैमा २० मिनेट कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवाप्रदायकका मोबाइल वा फोनमा कुरा गर्न सकिने टेलिकमले उल्लेख गरेको छ । यस्तो सुविधा ७ सय, १३ सय र १६ सय रुपैयाँका निम्ति सोहीअनुसार बढाइएको छ ।

आफ्ना समूह भित्र असीमित कुराकानी गर्न मात्र होइन, अन्य धेरै सुविधा समेत भएकाले यो अफर संस्थागत ग्राहकका बीचमा निकै नै लोकप्रिय रहेको टेलिकमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="