Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७३४६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४९५२ मे.वा. घन्टा
  • भारत : ९९३६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २२२३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विराटनगर क्षेत्रमा डेढ महिनादेखि ४ सय टेलिफोन लाइन अवरुद्ध

ऊर्जा खबर माघ २८, २०७५   1343

आइ सि टी



काठमाडौं– मोरङको विराटनगर क्षेत्रमा डेढ महिनादेखि नेपाल टेलिकमका ४ सय टेलिफोन लाइन अवरुद्ध भएका छन् । सहरी विकास परियोजना अन्तर्गत विराटनगर महानगरपालिकामा भइरहेको सडक विस्तार तथा ढल व्यवस्थापन कार्यले टेलिफाेन लाइनमा समस्या आउँदा सेवा अवरुद्ध भएकाे हाे ।

ad

मुख्य र भित्री सडक विस्तारसँगै ढल व्यवस्थापनकाे काम एकसाथ चलिरहेकाले ल्याण्ड लाइन सेवा अवरुद्ध भएकाे टेलिकम क्षेत्रीय निर्देशनालय विराटनगरका प्रबन्धक रामनरेश कुँवरले बताए । ‘एक वर्षदेखि चलिरहेको सडक विस्तार र ढल व्यवस्थापनको काम अहिले सहरको मुख्य स्थानमा आइपुगेको छ,’ उनले भने,‘सडक छेउबाट ल्याइएको टेलिकमको संरचनामा क्षति पुग्दा ठाउँ ठाउँमा ल्याण्ड लाइन सेवा अवरुछ ।’

तत्काल संरचना मर्मत गरेर सेवा सुचारु गर्दा पुन समस्या आउने भएकाले काम अघि नबढाएको उनले बताए । उनले आंशिक र केही स्थानमा पूर्णरुपमा सेवा अवरुद्ध भएको बताए ।

ad

सेवा अवरुद्ध हुँदा दैनिक काम काज प्रभावित भएको टेलिकम कार्यालयमा गुनासाे गर्न आउने ग्राहकको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ । सडक विस्तार र ढल व्यवस्थापनको काम सकिएका स्थानमा संरचनाको मर्मत गरेर सेवा सुचारु गरिएको छ ।
बाँकी स्थानमा पनि क्रमशः मर्मत गरेर सेवा सुचारु गरिने कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="