Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :4314 मे.वा. घन्टा
  • निजी क्षेत्र : 3512 मे.वा. घन्टा
  • भारत : 12335 मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : 20161 मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तेह्रथुम पावर कम्पनीमा अब ७ जना सञ्चालक

ऊर्जा खबर पुष २९, २०७५   195

खबर



काठमाडौं– तेह्रथुम पावर कम्पनी लिमिटेडमा यसअघि रहेको १० कार्यसमिति घटाएर ७ जना कायम गरिएको छ । शनिबार सम्पन्न कम्पनीको पहिलो वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।

ad

कम्पनी लिमिटेडमा परिणत भएपछि १० जना सञ्चालक रहने नियमावली संशोधन गरी ७ जनामात्र रहने व्यवस्था भएको जनाइएको छ । कम्पनीका तर्फबाट भूपतिलाल श्रेष्ठ, मोहनकुमार डाँगी, भवाानीप्रसाद खापुङ, लक्ष्मण तिवारी, यादवबहादुर खापुङ र शिवनाथ खापुङ सञ्चालक छन् । एक जना स्वतन्त्र महिला विशेषज्ञ मनोनित गर्ने गरी सञ्चालक ७ जना पुर्याइएको छ ।

कम्पनीले तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा ७.५ मेगावाटको माथिल्लो खोरुंगा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । अहिलेसम्म आयोजनाको इलेक्ट्रो मेकानिकलतर्फ ८० प्रतिशत र सिभिलतर्फ ६५ प्रतिशत निर्माण पूरा भएको छ । समग्रमा आयोजनाको काम ७० प्रतिशत पूरा भएको कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीले जानकारी दिए ।

ad

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="