Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५३५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ११३५३ मे.वा. घन्टा
  • भारत : १०८० मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०९६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तेह्रथुम पावरले असोजमा स्थानीयलाई सेयर दिने

ऊर्जा खबर जेठ २१, २०७६   1525

सेयर



काठमाडौं- तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असोजमा आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गर्ने भएको छ ।
निर्माणाधीन साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको ४ करोड मूल्यको ४ लाख कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएको हो ।

स्थानीयलाई छुट्याइएको सेयर स्वपुँजी लगानीको १० प्रतिशत हो । सेयर निष्कासन गर्न साउनमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिन लागेकाे कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीले बताए । उनका अनुसार पहिलो चरणमा स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन हुनेछ ।

ad

सर्वसाधारणका लागि कात्तिकमा सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । सर्वसाधारणका लागि स्वपुँजी लगानीको २० प्रतिशत हुन आउने ८ करोड रुपैयाँ मूल्यको ८ लाख कित्ता सेयर निष्कासन गरिनेछ । सेयर निष्कासन तथा बाँडफाँड गर्न कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

स्थानीय र सर्वसाधारणलाई सेयर बिक्री गरेर अहिले २८ करोड रहेको कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुर्याउने लक्ष्य छ । कम्पनीले निर्माण गरिरहेको आयोजना ८५ प्रतिशत पूरा भएको छ । २०७६ भदौभित्र आयोजना सम्पन्न गरेर विद्युत उत्पादन गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="