विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपालको पुनर्निर्माणबारे राष्ट्रसंघ महासभामा छलफल हुने

ऊर्जा खबर असोज ०९, २०७५ 561

काठमाडौं– नेपालको पुनर्निर्माण तथा पुनस्थापनाबारे संयुक्त राष्ट्रसंघकाे महासभामा छलफल हुने भएको छ । राष्ट्रसंघको मुख्यालयमा हुने ‘विपद पश्चातको आवश्यकता आंकलन, पुनर्निर्माण तथा पुनस्थापना योजना’ विषयक कार्यक्रममा पुनर्निर्माणबारे छलफल हुन लागेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले राष्ट्रसंको महासभामा हुने कार्यक्रममा नेपालको भूकम्पपछिको पुनर्निर्माणबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । भूकम्पपछिको पुनर्निर्माण सम्बन्धि अनुभव तथा भावी कार्ययोजना समेटिएको कार्यपत्र प्रस्तुत गरिने प्राधिकरणले जनाएको छ ।

कार्यक्रमा हुने प्रस्तुतिले नेपालको पुनर्निर्माणमा अन्तराष्ट्रिय समुदायबाट आर्थिक सहयोग जुटाउन मद्दत पुग्ने ज्ञवालीले बताए । उनका अनुसार कार्यक्रममा नेपालको पुनर्निर्माण र पुनस्थापनाका सम्बन्धमा अहिलेसम्म प्राप्त उपलब्धी र आवश्यक पर्ने थप वित्तीय स्रोतबारे छलफल हुनेछ ।

आगामी शुक्रबार हुने कार्यक्रममा सहभागी हुन ज्ञवाली मंगलबार राती अमेरिका प्रस्थान गर्न लागेको प्राधिकरणले जनाएको छ । अमेरिकामा रहँदा उनले विश्व बैंक तथा संयुक्त राष्ट्रसघंका उच्च अधिकारीहसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="