विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

लक्ष्मी पूजाको दिनको उच्च माग ११ सय ५ मेगावाट

ऊर्जा खबर कार्तिक २२, २०७५ 3574

हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारमा लक्ष्मी पूजाको दिन बुधबार विद्युतको उच्च माग ११ सय ५ मेगावाट पुगेको छ । देशभर लक्ष्मी पूजा सुरु भएपछि साँझ ६ बजे सबैभन्दा बढी विद्युत खपत भएको हो । याे उच्च माग गत वर्षकाेभन्दा कम हाे । गत वर्ष लक्ष्मी पूजाकाे दिनकाे उच्च माग ११ सय ६५ मेगावाट पुगेकाे थियाे ।

प्राधिकरणले यस वर्षकाे माग १२ सय ७० मेगावाट(उद्याेग बाहेक) पुग्ने प्रक्षेपण गरेकाे थियाे । याे वर्ष तिहार ढिलाे परेका कारण लक्ष्मी पूजाकाे विद्युत खपत कम भएकाे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।  घिसिङका अनुसार प्राधिकरणको ४ सय ३९ मेगावाट, निजी क्षेत्रको ३ सय ४१ मेगावाट उत्पादन र भारतबाट ३ सय २५ मेगावाट विद्युत आयात गरेर उच्च माग व्यवस्थापन गरिएको छ ।

प्राधिकरणले १३ सय ५० मेगावाटसम्मकाे उच्च माग व्यवस्थापनकाे तयारी गरेकाे थियाे ।

उपभोक्तामा चेतनाको स्तर बढेकाले बढी विद्युत खपत हुने उपकरणको प्रयोग नगरेकाले तथा लिड बल्बको प्रयोग गर्ने उपभोक्ताको संख्या बढ्नाले लोड व्यवस्थापन सहज भएको प्राधिकरणले जनाएको छ । साथै, प्राधिकरणले देशभरको वितरण प्रणाली सुधार गर्न सबस्टेसनको मर्मत तथा स्तरोन्नती गरेकाले पनि लोड व्यवस्थापन सहज देखिएको हो ।

११ केभी लाइनमा बाँदर झुन्डिँदा गाैरीघाट क्षेत्र अन्धकार

बुधबार साँझ देशभरकाे अापूर्ति व्यवस्था नियमित भए पनि लक्ष्मी पूजाकाे समयमा गाैरीघाट क्षेत्रमा अन्धकार थियाे । पशुपति क्षेत्रकाे ११ केभी लाइनमा बाँदर झुन्डिएर तार चुँडिएपछि पूजा समयमा विद्युत अापूर्ति बन्द भएकाे थियाे ।  तयारी अवस्थामा राखिएकाे प्राधिकरण टाेलीले  तार मर्मत गरेर २४ मिनेटमा अापूर्ति सुचारु गरेकाे थियाे ।

यस्तै,पर्वतको मोदी गाउँपालिको भोकलाङमा भने स्थानीयले रुख ढालेपछि त्यस क्षेत्रमा विद्युत आपूर्तिमा समस्या भएको थियो । अन्य क्षेत्रमा विनाअवरोध विद्युत आपूर्ति भएको प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="