Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तिनाउ गाउँपालिकाले विद्युतीय पोल खरिद गर्ने

ऊर्जा खबर फागुन २८, २०७५   243

खबर



काठमाडौं– पाल्पाको तिनाउ गाउँपालिकाले स्थानीय क्षेत्रको विद्युतीकरण विस्तार गर्न विद्युतीय पोल खरिद गर्ने भएको छ । गाउँपालिकाले दोभानको विद्युतीकरणका लागि आवश्यक स्टिलको विद्युतीय पोल खरिद गर्न लागेको हो ।

पोल खरिद गर्न गाउँपालिकाले प्रतिस्पर्धा आह्वान गरेको छ । तोकिएको मापदण्ड पुगेका सरकारबाट इजाजत प्राप्त विद्युत पोल निर्यातकर्ता कम्पनीले आगामी चैत १३ गतेभित्र आवेदन दिन पाउने छन् ।

इच्छुक कम्पनीले आवेदन दिँदा दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०७४/७५ को नविकरण, कर चुक्ता प्रमाणपत्र र मूल्य अभिवुद्धि करमा दर्ता भएको प्रमाणपत्र पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिस्पर्धामा सहभागी हुने कम्पनीले लक्ष्मी बैंकको तिनाउ शाखामा ५० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको सक्कली भौचर वा सरकारबाट मान्यता प्राप्त बैंकले जारी गरेको जमानी पत्र पेश गर्नु पर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="