Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

५२ वर्ष पुरानाे त्रिशूली जलविद्युतका उपकरण फेरिँदै

ऊर्जा खबर असोज ०५, २०७६   1977

उहिलेकाे खबर



काठमाडौं– २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र अहिले नेपाल विद्युत प्राधिकरणको स्मावित्वमा छ । जलविद्युत केन्द्रले २०२४ सालदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

नुवाकोटको त्रिशूली बजार नजिकै रहेको जलविद्युत केन्द्र भारत सरकारले निर्माण गरेर नेपाललाई हस्तान्तरण गरेको हो । सुरुमा २१ मेगावाट क्षमतामा निर्माण भएको जलविद्युत केन्द्रको २०५३ सालमा स्तरोन्नति गरेर २४ मेगावाट बनाइएको हो ।

ad

अर्धजलाशय प्रकृतिको यस जलविद्युत केन्द्रले विद्युतको बढी माग हुने समयमा पनि २१ मेगावाट उत्पादन गर्छ । जलविद्युत केन्द्रबाट वार्षिक १६३ गिगावाट घन्टा विद्युत उत्पादन हुँदै आएको छ ।

निर्माण लागत

जलविद्युत केन्द्रको निर्माण पूरा गर्न २२ करोड ४० लाख रुपैयाँ (१४ करोड भारु) खर्च भएको थियो । यो निर्माण लागत २१ मेगावाटको हो । २१ मेगावाट हुँदा विद्युतगृहमा ३ मेगावाटका ७ वटा युनिट राखिएको थियो । पछि २०५२ सालमा आयोजनाको क्षमता विस्तार गरेर २४ मेगावाट बनाएपछि विद्युतगृहमा ३.५ मेगावाटका ६ वटा र ३ मेगावाटको एउटा गरी ७ वटा युनिट राखेर विद्युत उत्पादन सुरु गरियो ।

पटक–पटक आगलागी

त्रिशूली जलविद्युत केन्द्र ५ दशक बढी समयदेखि नियमित सञ्चालनमा छ । विद्युतगृहमा जडान भएका उपकरण पुराना र जिर्ण बन्दै गएकाले समय–समयमा समस्या आउने गरेको छ । विद्युतगृहमा जडान भएका उपकरणमा समस्या आइ आगलागी हुने गरेको छ । गएको एक वर्षमा मात्रै विद्युतगृहमा ३ पटक आगलागी हुँदा उत्पादन बन्द भएको थियो ।

प्राधिकरणले क्षतिग्रस्त उपकरणको मर्मत गरेर उत्पादन सुचारु गर्ने गरेको छ । पुराना उपकरणले विद्युत उत्पादनमा समस्या हुन थालेपछि विद्युत प्राधिकरणले जलविद्युत केन्द्रको स्तरोन्नति गर्ने भएको छ । विद्युतगृहमा जडान भएका पुराना उपकरण स्थानान्तरण गरेर स्तरोन्नति गर्ने प्रक्रिया प्राधिकरणले अघि बढाएको छ ।

जलविद्युत केन्द्रको संरचनागत डिजाइन
प्रकार– अर्धजलाशय (पिआरओआर)

स्थान–त्रिशूली, नुवाकोट

जडित क्षमता– २४ मेगावाट (पिकिङ क्षमता २१ मेगावाट)

वार्षिक ऊर्जा उत्पादन–१६३ गिगावाट घन्टा

ग्रसहेड– ५१.४ मिटर

क्षेत्रफल– २६०० वर्ग किलोमिटर

बाँधको लम्बाई– १३९.६ मिटर

टर्बाइन – ७ वटा फ्रान्सिस टर्बाइन

प्रसारण लाइन ६६ केभी डबल सर्किट (२७ किलोमिटर)

सञ्चालन अवस्था-  चालू

देवीघाट जलविद्युत केन्द्र  (१४.१ मेगावाट)

१४.१ मेगावाटको देवीघाट त्रिशूलीको क्यासकेड जलविद्युत केन्द्र हो । त्रिशूलीको विद्युतगृहबाट विद्युत उत्पादन भइ निस्केको पानीको उपयोग हुने गरी देवीघाट निर्माण गरिएको छ । यो जलविद्युत केन्द्र नेपाल र भारत सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो । यस जलविद्युत केन्द्रले वार्षिक ११४ गिगावाट घन्टा विद्युत उत्पादन गर्दछ ।

नुवाकोटको बट्टारमा निर्माण भएको जलविद्युत केन्द्रले साढे ३ दशकदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ । प्राधिकरणले  २०६८ सालमा जलविद्युत केन्द्रकाे स्तराेन्नित गरेकाे थियाे । विद्युतगृहमा ३ वटा युनिट छन् ।

निर्माण लागत
देवीघाट जलविद्युत केन्द्रमा नेपाल र भारतको संयुक्त लगानी छ । जलविद्युत केन्द्र र विद्युत जोडिने प्रसारण लाइन साढे ३ दशकअघि ७५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको थियो । क्यासकेड आयोजना भएकाले त्रिशूलीको उत्पादन बन्द हुँदा देवीघाटको पनि उत्पादन प्रभावित हुने गरेको छ । दुवै विद्युतगृह सञ्चालन नहुँदा ३८ मेगावाट विद्युत प्रसारण प्रणालीबाट विच्छेद हुने गरेको छ ।

देवीघाटको संरचनागत डिजाइन

आयोजना– त्रिशूलीको क्यासकेड

जडित क्षमता १४.१ मेगावाट

वार्षिक ऊर्जा उत्पादन– ११४ गिगावाट घन्टा

ग्रस हेड– ४०.५ मिटर

क्षेत्रफल–४ हजार १ सय ५० वर्गकिलोमिटर

टर्बाइन– ३ वटा फ्रान्सिस टर्बाइन

सञ्चालन अवस्था-  चालू

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="