Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

त्रिशूली–३ ‘बी’ को सेयर किन्न १० गुणा आवेदन, गोलाप्रथाबाट बाँडफाँड गर्नुपर्ने

ऊर्जा खबर चैत १०, २०७५   3043

सेयर



काठमाडौं– ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशूली जलविद्युत कम्पनीका लागि माग गरिएको सेयरमा तेस्रो दिन (आइतबार) सम्म १० गुणाभन्दा बढी आवेदन परेको छ । आवेदन दिने म्याद अझै एक दिन (सोमबारसम्म) बाँकी छ ।

आइतबार साँझ साढे ५ बजेसम्म ८३ हजार ५ सय ८३ आवेदकले ३ करोड ७३ लाख १९ हजार ७ सय २० कित्ता सेयर किन्न आवेदन दिएका छन् । यसबाट ३७ करोड ३१ लाख ९७ हजार २ सय रुपैयाँ संकलन भएको कम्पनीका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमले जानकारी दिए ।

कम्पनीले बिहीबारबाट आवेदन दिन मिल्ने गरी नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाका लागि सेयर निष्कासन गरेको थियो । शुक्रबार कार्यालय समयसम्म ३६ हजार ३ सय ८० जनाले एक करोड ७४ लाख ६२ हजार ६ सय ७० कित्ता खरिद गर्न आवेदन दिएका थिए ।

कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ (३ लाख ७० हजार ५ सय कित्ता) को लागि मात्र सेयर माग गरिएको छ ।

सेयर खरिदमा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गर्नुपर्ने अवस्था आउने सम्भावना छ । जसबाट प्रतिव्यक्ति १० कित्ता पनि नपर्ने र सुरुमा उत्साहित भएर आवेदन दिने व्यक्ति निराश हुने अवस्था पनि देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले हजार कित्ता खरिद गर्न आवेदन दिएका छन् । सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ ।

याे पनि पढ्नुहाेस्

जनताको जलविद्युत कार्यक्रम, दुई दिनमै पाँच गुणा बढी १७ कराेड संकलन

‘जनताको जलविद्युत कार्यक्रम’ कार्यविधि, लगानी गर्नेलाई वार्षिक ८ प्रतिशत ब्याज

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="