Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८९७० मे.वा. घन्टा
  • निजी क्षेत्र : ६८१७ मे.वा. घन्टा
  • भारत : ९००२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४७८९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

त्रिशूली–३ ‘बी’ को सेयर किन्न १७ गुणा आवेदन, दामासाहीले २५ कित्तासम्म पाउने

ऊर्जा खबर चैत ११, २०७५   2956

सेयर



काठमाडौं– ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशूली जलविद्युत कम्पनीका लागि माग गरिएको सेयरमा डेढ लाखभन्दा बढीले साढे ६ कराेड कित्ताका लागि आवेदन दिएका छन् । याे कूल माग गरिएकाे सेयरमध्ये १७ गुणासम्म आवेदन परेको छ ।

अन्तिम (सोमबार) दिन कार्यालय समयसम्म (५ बजे) एक लाख ५५ हजार ४ सय ७४ आवेदकले ६ करोड ६३ लाख ३६ हजार ३ सय २० कित्ता सेयर किन्न आवेदन दिएका छन् । यसबाट ६६ करोड ३३ लाख ६३ हजार २ सय रुपैयाँ संकलन भएको कम्पनीका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमले जानकारी दिए ।

कम्पनीले बिहीबारबाट आवेदन दिन मिल्ने गरी नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाका लागि सेयर निष्कासन गरेको थियो । ‘आवेदनका आधारमा हरेक आवेदकलाई न्यूनतम १० कित्तासम्म बाँडफाँड गर्न सकिनेछ,’ उनले ऊर्जा खबरसँग भने, ‘न्यूनतम कित्ता बाँडेपछि बचेको सेयर जसले बढी आवेदन दिएको छ त्यही आधारमा बाँडफाँड गर्न सकिन्छ ।

सेयर खरिदमा बढी आवेदन परेकाले कम सेयर पाउँदा सुरुमा उत्साहित भएर आवेदन दिने व्यक्ति निराश हुने अवस्था पनि देखिएको छ । अनलाइन दर्तामा केही आवेदन छुटेकाले मंगलबार बिहानसम्म वास्तविक तथ्य आउने जनाइएको छ ।

आवेदक सबैलाई दामासाहीले सेयर बाँडफाँड गरे एक जनाले बढीमा २५ कित्तासम्म पाउने पनि गौतमले बताए । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर निष्कासन गरेको छ । हाल यसको १० प्रतिशत अर्थात् ३ करोड ७० लाख ५० हजार रुपैयाँ (३ लाख ७० हजार ५ सय कित्ता) को लागि मात्र सेयर माग गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले हजार कित्ता खरिद गर्न आवेदन दिएका छन् । सय रुपैयाँ मूल्य अंकित उक्त परिमाणको सेयर किन्न हाल १० प्रतिशतले हुन आउने प्रतिसेयर १० रुपैयाँमा आवेदन दिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="